सोमबार ०४ आश्विन २०७८

अबदेखि विदेश जान लागेका आफन्तलाई विदाई गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जान नपाइने भएको छ । कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै आफु र आफन्तलाई बचाउन विमानस्थल प्रवेशमा रोक लगाइएको नेपाल नागरिक उड्ययन प्राधिकरण, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयले जनाएको छ ।साथै अत्यावश्यक अवस्थामा मात्रै विमानस्थल हाताभित्र प्रवेश गर्न पनि प्राधिकरणले आग्रह गरेको छ । विमानस्थलमा भौतिक दुरी कायम गरी अनिवार्य रुपमा मास्कको प्रयोग गर्न समेत अनुरोध गरेको छ ।


Last Updated on: August 13th, 2021 at 6:44 pm
२४० पटक हेरिएको

तपाईको प्रतिक्रिया