सोमबार ११ आश्विन २०७८

कोरोनाले विश्वव्यापी महामारीको रूप लिएदेखि शिक्षा क्षेत्र पनि बढी प्रभावित छ । विशेषगरी अनलाइन कक्षाको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी कोरोना महामारीको सिकार बनेका छन् । प्रविधिको पहुँच भएका विद्यार्थीले पढाइ स्मरण गर्ने क्षमतालाई कायमै राखेका होलान् तर अनलाइनको पहुँचभन्दा बाहिर रहेकाले पढाइ मात्र नभएर आफ्ना शिक्षक–शिक्षिका नै बिर्सिए होलान् भन्दा फरक नपर्ला ।

कोभिड–१९ को सङ्क्रमण न्युनीकरण गर्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाबाट अन्य व्यवसाय वा संस्थाहरू फुत्किएपनि विद्यालय बन्द नै छन् । कोरोनाकै कारण विद्यालय बन्द हुँदा अनलाइन शिक्षाको पहुँचभन्दा टाढा रहेका विद्यार्थी फुर्सदिला बनेका छन् । उनीहरूको दिनचर्या किताब–कापीमा नभई खेलकुद तथा मनोरञ्जनमा बित्नेगरेको छ । तराईमुलका विपन्न वर्गका विद्यार्थीको दिनचर्या भने तरकारीको छाक टार्नमा बितेको छ ।


Last Updated on: August 14th, 2021 at 9:06 am
१५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया