शनिबार १५ माघ २०७८

मंसिर ४ :- त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीलाई आज पुत्रशोक परेको छ । मेयर चौधरीको अन्दाजी २५/२६ वर्षिय छोरा मनोज चौधरीको शनिबार पिकनिक गएको र नजिकैको खोलामा मा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

चौदण्डीगढी नगरपालिकाको देवधारमा पिकनिक गएकोमा पिकनिकको क्रममा पौडी खेल्दा डुबेका थिए ।

डुबेका उनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल लगिए पनि अस्पतालले मृत घोषणा गरेको त्रियुगा नगरपालिकाकाका सुचना अधिकृत विश्व जित राई ले बताउनुभयो ।

मृतक मनोज भेटेनरी डाक्टर रहेको र निजको मृत्युले अत्यन्तै दुख लागेको समेत राइले बुटवल दैनिकलाई बताए बताउनुभयो।


Last Updated on: November 21st, 2021 at 10:37 am
९६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया