शुक्रबार १७ मंसिर २०७८

काठमाडौं । नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा सवारीसाधन चल्न रोक लाग्ने भएको छ ।

मानिसको चाप बढी हुने भएपछि व्यवस्थापन सहजका लागि सवारीसाधनमा रोक लगाइएको हो ।प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार नारायणीको पुल, बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र आँपटारी क्षेत्रभित्रका सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको हो ।

बिहान ९ देखि साँझ ५ः३० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ । मानिसको चाप धेरै भएको ठाउँमा सवारीसाधनसमेत चले दुर्घटना हुन सक्ने भएकाले पूर्वतयारीका साथ सावधानी अपनाइएको उनले बताए ।

आयोजकले २० स्थानमा डिस्प्ले बोर्ड राख्ने भएकाले सहभागीले गाडी रोकिने ठाउँ आसपासका बोर्डबाट समेत कार्यक्रम हेर्न पाउनेछन् । तामाङले भने, “यसले गर्दा कार्यक्रमस्थलको भीड कम हुन्छ ।” जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार सो दिन सुरक्षा प्रबन्धको सबै खालको व्यवस्थापन गरिएको छ ।गाडी रोकिने नाकाहरुमा सुरक्षाकर्मी रहेर सुरक्षाको व्यवस्था गर्ने छन् । महाधिवेशनको उद्घाटन स्थल नारायणी नदी किनारमा बनाइएको छ । उद्घाटनमा पाँच लाख सहभागी गराउने सो पार्टीले जनाउँदै आएको छ ।

स्वास्थ्य बीमाको टिकट अनलाइनबाटभरतपुर अस्पतालले स्वास्थ्य बीमाको टिकट अनलाइनबाट काट्ने व्यवस्था गरेको छ । यसअघि अस्पतालले बीमा टिकटबाहेक अन्य बहिरङ्ग सेवाको टिकट अनलाइनबाट काट्न सुरु गरेको थियो ।अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालको मोबाइल एप्लिकेसन वा अस्पतालको वेबसाइटमा गएर आजदेखि स्वास्थ्य बीमाको टिकट लिन सकिने व्यवस्था गराएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

नेपाली काँग्रेसका नेता राजुराज जोशीले नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिलाई सहयोग गरेका छन् । नेता जोशीले समितिका अध्यक्ष श्रीजन झालाइ कार्यालय प्रयोजनार्थ भौतिक समाग्री खरिदका लागि सहयोग हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा संक्षिप्त अभिव्यक्ति दिदै नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्र्तगत आगामी १६ गते हुने बागमती प्रदेश सभाको लागि सभापतिको उम्मेदवार समेत रहेको नेता जोशीले मुलुकको प्रत्येक कालखण्डमा भएका परिवर्तकारी आन्दोलनमा पत्रकार र पत्रकारिता जगतले निर्वाह गर्दै आएको भूमिका आफैमा महत्वपूर्ण रहेको बताउदै पछिल्लो समय आफ्नो तर्फबाट महासंघको उपत्यका प्रदेश समितिको लागि केहि सहयोग गर्न पाउँदा सुखानुभूति भएको बताए। साथै उनले भविष्यमा पनि आफ्नो तर्फबाट थप सहयोग गर्दै जाने बताए ।

त्यस्तै कार्यक्रममा लोकतान्त्रिक राष्टिय छापा माध्यमका अध्यक्ष दामोदर प्रसाद दवाडीले महासंघको उपत्यका प्रदेश समिति स्वरोजगार मिडिया यसमा आवद्ध पत्रकारहरूको पक्षमा विभिन्न किसिमबाट क्रियाशील रहेको बताउँदै आज काँग्रेस नेता जोशीले नागरिक समाजका अगुवा संस्थालाइ गरेको सहयोग महत्वपूर्ण भएको बताए ।


Last Updated on: November 25th, 2021 at 4:24 pm
९३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया