सोमबार ०४ आश्विन २०७८

भुटानी शरणार्थीको रूपमा हुर्किएका किरण गजमेरले भ्वाइस अफ नेपाल सिजन-३ को विजेता भएपछि शरणार्थी भन्दा गर्व लाग्ने गरेको बताएका छन्।

उनले भने, “आफूसँग देश छैन र नागरिकता छैन भन्ने कुराले पिरोल्थ्यो र एकदम नै चित्त दुख्थ्यो तर अहिले शरणार्थी हुँ भन्दा गर्व लाग्छ।”

हाल अमेरिकामा अध्ययनरत २५ वर्षीय गजमेर झापाको खुदुनाबारी शिविरमा जन्मेका हुन्। उनी परिवारसँग सन् २०१० मा पुनर्वास प्रक्रियामा अमेरिका गएका थिए।

हेर्नुहोस् सृजना श्रेष्ठले उनीसँग कुराकानी गरेर बनाएको यो भिडिओ।


Last Updated on: August 14th, 2021 at 5:52 pm
२५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया