बिहिबार ०७ आश्विन २०७८

घर फर्किदै गरेका सल्यानका दुइ युवाकाे भारतमा पहिराेमा परेर ज्या,न ग,एकाे छ । सल्यानको त्रीवेणी गाउँपालिका वडा नम्बर ३ टोट्के घर भएका सुरेश खत्री र जगत वलीकाे भारतमा पहिराेमा प,रेर ज्या,न ग,एकाे हाे ।

हिमाचल प्रदेशको किन्नोर जिल्लामा दुबैजना चढेको बसलाई अचानक माथिबाट आएको पहिरोले ब,गा,एपछि घरमा आउँदै गरेका सुरेश र जगतको ज्या,न गएकाे परिवारले बताएकाे छ । सुरेशको शवलाई हिजो र जगतको शवलाई आज दा,ह संकार गरिएको छ ।

 

साउन २७ गते दिउँसो १२ बजे पहिरोले ब,गाएको बस ६ सय मिटर तल टु,क्र टु, क्रा भएको अवस्थमा भेटिएको थियाे । सोही घटनामा परेर अहिलेसम्म १७ जनाको मृ,त्यु भएको छ । माथिबाट ढुङगा ख,सिरहेकाले उद्धार कार्य कठिनाइ भइरहेको त्यहाँको प्रहरीले जनाएको छ । पहिरोले बस, ट्रक, जिप र कार सहित १० वटा पु,रेको भारतीय प्रहरीले बताएको छ ।

सुरेश र जगत विवाह गरेको ऋण तिर्न र घर खर्च चलाउनका लागि गएको चैत्र ३० गते हिमाचल प्रदेशमा स्याउ टिप्न गएका थिए । झण्डै चार महिनाको अवधिमा हिमाचल प्रदेशमा स्याउ टिपेर एक जनाले ८० /९० हजार भारतीय रुपैयाँ लिएर आउँदै गरेका थिए ।

श्रीमानको मृत्युको खबरले श्रीमती बे,होस अवस्थामा रहेकी छन् । सुरेश र जगतको श्रीमतीको भदौ महिनामा बच्चा जन्मिने मिति रहेको छ ।

बस चढ्नु अघि आफुहरु घर आउन लागेको भन्दै आ–आफना श्रीमती र घरपरिवारलाई उनिहरुले जानकारी गराएका थिए । घरमा गर्भवती श्रीमती र बा–आमालाई छिट्टै धन कमाएर आउने भन्दै भारत गएका उनिहरु अब कहिल्यै नआउनेगरी अ,स्ताएका छन् ।

 


Last Updated on: August 14th, 2021 at 7:23 pm
३३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया