सोमबार ११ आश्विन २०७८

काठमाडौं : निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ। विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम सकिसकेको छ भने भित्र उपकरण सुरक्षा जाँचको काम मात्रै बाँकी छ।उनले भने, ‘हामी क्यालिबेरेसन फ्लाइटका लागि तयारीमा छौं।’
क्यालिबेरेसन फ्लाइट भनेको विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ, छैन भनेर जाँच गर्ने हो। यसका लागि पाँच/सात सिट भएको विमान हुन्छ र त्यसले विमानस्थललाई केन्द्रित गरेर उडान गर्ने गर्दछ। उडानका क्रममा एन्टिना, सिङ्गल रिसिभ, लाइटिङ, कम्युनिकेसनलगायत सबै सूचना ठीक छ छैन भनी परीक्षण हुने गर्दछ।
क्यालिबेरेसन फ्लाइटमा सबै सिङ्गल र सूचना सही देखिएपछि मात्रै अन्य जहाजले उडान र अवतरण सुरू गर्ने गर्दछन्। गौतमबुद्ध विमानस्थलमा क्यालिबेरेसन फ्लाइटका लागि एरो थाइसँग सम्झौता भएको छ।परीक्षण उडान कहिले गर्ने भन्ने विषय एरो था’इमा भर पर्नेछ।


Last Updated on: August 14th, 2021 at 7:42 pm
३९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया