बिहिबार ३१ भाद्र २०७८

हेइटीमा आएको एउटा शक्तिशाली भूकम्पका कारण कम्तीमा ३०४ जनाको मृत्यु भएको छ भने १,८०० जनाभन्दा बढी घाइते भएका छन्। हेइटीको शक्तिशाली भूकम्पमा ठूलो क्षति, ३०० जनाभन्दा बढीको मृत्यु

स्थानीय समयानुसार शनिवार बिहान त्यहाँ ७.२ म्याग्निट्यूडको भूकम्प आउँदा गिर्जाघर, होटल तथा भवनहरू भत्किएका थिए।

देशका प्रधानमन्त्रीले भूकम्पका कारण “ठूलो क्षति” भएको बताएका छन्। उनले देशमा एक महिला लामो स,ङ्क,ट,का,ल घोषणा गरेका छन्।

सन् २०१० को विनाशकारी भूकम्पको प्रकोपबाट हेइटी अझै तङ्ग्रिन बाँकी नै थियो।

शनिवारको भूकम्पको केन्द्रबिन्दु सेन्ट-लुइस डु सुड सहरबाट १२ किलोमिटरपर रहेको अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले बताएको छ।

उक्त भूकम्पको धक्का १२५ किलोमिटर टाढा रहेको राजधानी पोर्ट-ओ-प्रिन्स तथा छिमेकी देशहरूमा पनि महसुस गरिएको थियो।

“धेरै घरहरू भत्किएका छन्, मानिसहरू मरेका छन् अनि केही मानिस अस्पतालमा छन्,” भूकम्पको केन्द्रबिन्दुनजिकै बस्ने क्रिस्टेला साँ हिलेरलाई समाचारसंस्था एफएफपीले उद्धृत गरेको छ।

 


Last Updated on: August 15th, 2021 at 10:46 am
१२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया