शनिबार १५ माघ २०७८

सौराहा- ११ महिनाको छोरी काखमा च्यापेर डोल्पाबाट नेपालगञ्ज हुँदै सौराहा आइपुगेकी छन् ३१ वर्षीया सबिताकुमारी रोकाया।

उनी १० वर्ष भयो एमालेमा लागेकी। अध्यक्ष केपी ओलीले देशको मुहार फेर्छन् भन्नेमा विश्वास राख्छिन्।

डोल्पा मोडकेच्चुलाकी उनी स्थानीय पालिकाको उपाध्यक्ष पनि हुन्। ‘गाह्रोसाह्रो अवस्था जे भए पनि महाधिवेशनमा सहभागी हुन आइपुगेकी छु,’ यी महाधिवेशन प्रतिनिधिले देशसञ्चारसँग भनिन्।

उनले केपी ओलीलाई जसरी पनि जिताउनुपर्ने बताइन्। ‘केपी ओलीलाई जिताउँदा आनन्द आउँछ,’ उनले भनिन्। बर्षा शाह/देशसञ्चार

यो पनि पढ्नुहोस्, नेकपा (एमाले)को १०औँ महाधिवेशनमा अध्यक्षसहितका पदमा सहमति जुट्न नसकेपछि मंगलबार बिहानबाट मतदान जारी छ । महाधिवेशन प्रतिनिधि मतदानका लागि लामवद्ध रहँदा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षधरले अर्का प्रतिस्पर्धी भीम रावल पक्षलाई मत नदिन भन्दै पर्चा बाँडिरहेका छन् ।एमाले संस्थापन पक्षको यो कदम निर्वाचन आचारसंहिताविपरीत हो ।एमाले अध्यक्षका उम्मेदवार रहेका रावलले पर्चा बाँड्नु निर्वाचन आचारसंहित विपरीत रहेको न्युज कारखानालाई बताए ।

‘त्यस्तो नगर्ने भनेर छलफल गरेर नै निर्वाचन आयोगले आफैँ आचारंसहिता केन्द्रीय बनाएको हो,’ उनले भने, ‘निर्वाचन आयोगका अध्यक्ष बिजय सुब्बा लगायत पदाधिकारी सबैलाई यो कदम चाँडो रोक्नुस् भनिसकेको छु ।’संस्थापन पक्षले बाँडिरहेको पर्चा नरोके धाँधली मानिने उनले बताए ।

‘यदि त्यस्तो नगर्ने हो भने कतिपय ठाउँमा जसरी प्रतिनिधि छनोटमा धाधली गरियो, यो पनि धाधलीको एउटा रुप हो ।

यस्तो धाधली यति ठूलो पार्टीमा हुनु, आफै आचारसंहिता बनाउने, आफैं कार्यान्वयन नगर्नु भनेको लोकतन्त्रप्रतिको निष्ठा, लोकतन्त्र बलियो बनाउने कुरामा समस्या उत्पन्न हुन्छ,’ उनले न्युज कारखानासँग भने ।न्युज कारखाना

काठमाडौँ – सोसल मिडिया टिकटकमा सेवानै धर्म हो भन्ने मनकारी जो गरीब, दुःखी को साक्षात्कार भगवान भएर निकै भाइरल महान चेली जो हातमा मुठ्ठी पारेर द्ववांग हान्न लगाउदै सडक पेटीमा सुत्ने भोका, गरीब र असक्तलाई खुल्ला मनले सहयोग गर्ने मगरजातिको महान छोरी(चेली) गिभिना मगर ।पोखरामा बसोबास गर्ने २४ वर्षीया गिभिना पेशागत रूपमा उनि शिक्षिका पनि हुन।आफ्नो खाली रहेको समयमा उनले टिकटकमा अरुले भन्दा भिन्नै किसिमको भिडियो बनाएर अपलोड गर्ने गर्छिन। जुन भिडियोमा उनले सडकमा जिवन बिताइरहेका मानिसहरूलाई आर्थिक सहयोग देखि खाने कुरा तथा कपडाहरु दिएर सहयोग गर्दछिन् ‌।

टिकटकमा धेरै किसिमका भिडियोहरु हेर्न सकिन्छ तर सोसल मिडिया बाट पनि एक किसिमको सहयोग र सन्देश दिन सकिन्छ भन्ने एउटा उदाहरण हुन उनीतपाईको कुनैपनि सम्बन्धलाई दिगो र सफल बनाउँन सबैभन्दा पहिले तपाईमा बिश्वास हुनु पर्दछ । सधै सकारात्मक सोच पनि हुनु पर्दछ । तरपनि यहाँ दैनिक लाखौं सम्बन्धमा बिभिन्न समस्याहरु आइरहेका छन् । कहि न कही चुकिरहेका छन् । भत्किरहेका छन् त टुटिरहेका छन् । किनकी सम्बन्ध सफल बनाउँन धेरै समय र मेहनत लाग्छ । यसमा प्रेम र इमान्दारी जस्ता धेरै कुराहरुले सम्बन्धलाई मजबुत बनाउँने गर्दछ ।

यदि तपाईले जान्नु भयो भने सम्बन्धलाई सफल बनाउँन कुनै जादूगरी काम होइन । यसमा कुनै स साना कुराले पनि माया प्रेममा सम्बन्ध विग्रन सक्छ भने सम्बन्धलाई धेरै मेहनत जिम्मेवारी र कोशिशबाट निभाउँन सकिन्छ। सम्बन्धलाई सफल बनाई राख्न हरेक जोडीले ख्याल राख्नु पर्ने केही टिप्सहरु आज तपाईलाई हामीले दिन्छौ यदि तपाईले यही कुरा मनन गर्नुभयो भने तपाईको जीवमा पनि खुशी र सुखको आभास हुनेछ ।


Last Updated on: November 30th, 2021 at 12:53 pm
९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया