शुक्रबार ०८ आश्विन २०७८

पछिल्लो ५ आर्थिक वर्षमा पेट्रोल तथा डिजेल आयातमा मात्रै खर्बौं रकम बाहिरिएको छ । भन्सार विभागका अनुसार यो अवधिमा करीब ६ खर्ब रकम बाहिरिएको हो ।विद्युतीय सवारीसाधनको प्रयोगमा सरकारले बढावा दिन नसक्दा पेट्रोल तथा डिजेलका लागि खर्बौं रकम विनियोजन गर्नु परिरहेको छ । पछिल्ला वर्षहरूमा भने कोरोना महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण पेट्रोल तथा डिजेल कम खपत भएको छ ।

आर्थिक वर्ष २०७६/७७ को अन्तिम ४ महिना (२०७६ चैतदेखि २०७७ असार) सम्म मुलुक पूर्ण बन्दाबन्दीमा थियो ।सार्क मुलुकमध्ये नेपालमा उच्च सङ्क्रमण, बढ्यो खतरा सिमाना जोडिएको छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्रमणको दर बढ्दो रहेको छ ।

अझ कोभिडका कारण मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आउन सकेको छैन ।भाइरसको पहिलो र दोस्रो लहर चलेको समयमा अघिल्ला वर्षहरूमा भारतबाट आवत–जावतका क्रम तीव्र हुँदा मात्र नेपालमा सङ्क्रमणको दरमा बढोत्तरी भएको थियो ।

तेस्रो लहरको सुरुवाती चरणमा भारतबाट त्यसरी आवतजावत भएको छैन । तर पनि नेपालमा भारत लगायत दक्षिण एसियाली मुलुकमध्येकै सङ्क्रमणको दर बढ्दो क्रममा रहेको छ ।

 


Last Updated on: August 15th, 2021 at 11:49 am
७०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया