शनिबार १५ माघ २०७८

जुम्लाको सिञ्जा गाउँपालिकामा बस दुxर्घxटxना हुँदा दुई जनाको घxटxनास्थxलxमै मृxत्यु भएको छ । ना ६ ख ४४३८ नं को बस आज बिहान करिब ८ बजे दुर्घटना भएको हो ।कनकासुन्दरी गाउँपालिकाको गुठिज्यूलादेखि नेपालगञ्ज जाँदै गरेको बस सिञ्जा–१ थार्पीबाडास्थित सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसार्ईंले जानकारी दिनुभयो ।

उक्त दुर्घटनामा परी गुराँस गाउँपालिका दैलेख निवासी ३२ वर्षीय बस चालक नवीन रावल र पचाल झरना गाउँपालिका कालीकोट निवासी ३२ वर्षीय विशाल बमको मृxत्यु भएको उहाँले बताउनुभयो ।उहाँका अनुसार बसमा चारजना सवार थिए । दुxर्घxटxनाको जानकारी पाउने बित्तिकै घाइतेको तत्काल उद्धार गर्न जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षकको नेतृत्वमा नौ जनाको प्रहरी टोली त्यसतर्फ पठाइएको उहाँले जानकारी दिनुभयो । घxटxनास्थxलxमा प्रजिअ प्रसाईं, सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठ र प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द घटनास्थलतर्फ जानुभएको छ ।

उक्त दुxर्घxटxनाxमा परी टाउकामा चोट लागेर गम्भीर घाइते भएका कनकासुन्दरी–७ जियापाटा निवासी ३२ वर्षीय वीरबल घर्ती र सो गाउँपालिका रोकायाबाडा निवासी ४० वर्षीय उब्जी कार्कीलाई उपचारका लागि लिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको एम्बुलेन्स घटनास्थल पुगेर फर्केको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया


Last Updated on: December 1st, 2021 at 3:50 pm
१४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया