शनिबार १५ माघ २०७८

गीतबाट राम्रो कमाइ नभएपछि कालिमाटिमा तरकाली व्यपबार सुरु गरे चर्चित गायम सत्यराज आचर्यले, दिनकै तरकालबिाट लाखौ कमाएका उनले तरकाली होलसेल पसल सुरु गरेपछि किन्नेको भिड, हेर्नुहोस् यो भाइरल भिडियो

अन्तत विबाह गर्ने भइन् चर्चित अभिनेत्री दीपाश्री निरौलाले, यही मंसिरमा लगनगाँठो कस्न लागेकी दीपलाई स्वस्तिमा लगायतका कलाकारहरुले भेटेर दिए गिफ्ट, को हुन् दापाका हुनेवाला पति ? खोलीन् सारा वास्तविकता

बैंकले मंसिर २४ गतेदेखि ‘सिभिल बैंक डिबेञ्चर २०८८’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो।

सोमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

सो ऋणपत्र खरिदका लागि छिटोमा मंसिर २८ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस ९ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने ‘केयर एनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ। सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छ। मंसिर १६ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा महिला लघुवित्त वित्तीय संस्था लिमिटेड को शेयरमूल्य समायोजन भएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन लघुवित्तको ४७.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ३ हजार ६५८ रुपैयाँ ९८ पैसा कायम भएको छ।

 


Last Updated on: December 2nd, 2021 at 1:40 pm
२०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया