शनिबार १५ माघ २०७८

झापाको बुद्धशान्ति गाउँपालिका स्थाई घर भएतापनि २ महिनाअगाडि अमेरिका पुगेकी बर्खा खड्का प्रसाईँ बाकसमा फिर्ता आउने भएकी छिन् ।

अमेरिकाबाट प्रकाशित हुँदै आइरहेको खसोखासमा प्रकाशित समाचार अनुसार बर्खाको शव आज अमेरिकाको वासिंटन डिसीबाट नेपाल पठाइएको हो ।

 

नोभेम्बर महिनाको तेस्रो साता उनलाई अमेरिकाको मेरिल्याण्डको प्रिन्स जर्ज काउन्टीमा गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भिर रुपमा घाइते भएकी ४० वर्षीया प्रसाईलाई तत्काल अस्पताल लगेपनि उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

इन्टरनेशल अर्गनाइजेशन फर माइग्रेशन आईओएममा कार्यरत प्रसाई दुईमहिना अगाडिमात्र आईओएम अन्तरगत अमेरिकामा काम गर्नका लागि आएकी थिइन् । सुरुमा अफगानिस्तानबाट आएका शरणार्थीहरुको कामका लागि भर्जिनियाको फोर्टलीमा रहेको आर्मी क्याम्पमा खटाइएको थियो ।

आफ्ना श्रीमान मदन प्रसाईका साथमा बर्खा खड्का प्रसाई ।
उनको अवधि थप गरेर मार्चसम्मका लागि वासिंटन डिसीमा रहेको आईओएम मुख्यालयमा खटाइएको थियो । मृत्यु हुनु एकसाता अगाडिदेखि वासिंटन डिसीको मुख्यालयमा काम गर्न थालेको पारिवारिक श्रोतले जनाएको छ । प्रसाईलाई मेरिल्याण्डमा आफन्तकोमा बसेर घर फर्कने क्रममा ट्रेनबाट निस्केर बाटो क्रस गर्नलाग्दा गाडीले ठक्कर दिएको हो ।

अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत कर्मचारीहरुलाई प्रदान गरिने जी भिसामा अमेरिकी आएकी बर्खा खड्का प्रसाईका श्रीमान मदन प्रसाई नेपालमै रहेका छन् ।


Last Updated on: December 3rd, 2021 at 10:53 am
६६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया