सोमबार ११ आश्विन २०७८

काठमाडौ । पाँच वर्ष अघि वैदेशिक राजगारीका लागि साउदी पुगेका सुभाष तामाङ दुर्घटनामा परे । उनको घरमा शव आइपुग्यो । परिवारका सदस्यले उनको अन्तिम संस्कार पनि गरे । यति मात्र होइन परिवारका सदस्यले मृत्युदर्ता पनि गरिदिए । दुर्घटनामा दुई जनाको मृत्यु र दुई जना घाइते भएका थिए । कम्पनीले मृत्यु हुनेमा एक जना सुभाष भनेर शव नेपाल पठाएको थियो ।

तर पछि सुभाष जिवितै भएकोप्रमाणीत भयो । परिवारले अन्तिम संस्कार गरेको शव बागलुङ जिल्लाको ढोरपाटन–६ का तेजेन्द्र भण्डारीको भएको पछि खुलेको थियो ।

त्यतिबेला भोजपुर जिल्लाको साविक कुदाकाउले गाविस–९ ९हालको षडानन्दा नगरपालिका–२० मा रहेका परिवारले २०७२ साउन ६ गते सुभाषको मृत्यु दर्ता गरेका थिए । साउदीवाट आएका सुभाषले तीन वर्ष निकै दुख पाए । आफु जिवितै छु भन्दै उनी मृत्यु दर्ता बोकेर हिड्न थाले । कुदाकाउलेबाट मोरङको बेलबारी नगरपालिका–११ मा बसाई सरेर आएपछि आफु जीवित रहेको भन्दै नागरिकताका लागि उनले विभिन्न निकाय धाए ।

तीन वर्ष धाउँदा पनि उनले नागरिकता पाएनन् । मिडियाहरुमा यसवारे समाचार आएपछि सुभाषको चर्चा भयो । पञ्जीकरणमा मृतक उल्लेख भएको तर आफू जीवितै रहेको अवस्थामा उनले नागरिकताका लागि स्थानीय तहदेखि गृह मन्त्रालयसम्म तीन वर्षदेखि भौंतारिनु परे पनि बल्ल आफू जीवित रहेको प्रमाणपत्र प्राप्त गरेका छन् ।

तीन वर्ष धाएपछि बल्ल बिहीबार सुभाषले नागरिकता प्राप्त गरे । उनले आफू जीवित भएको प्रमाण पनि प्राप्त गरेका छन् । उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नागरिकताको प्रतिलिपि हस्तान्तरण गरेका छन् । निरौलाले मृत्युदर्ता हुनु अघि भोजपुरबाट बसाई सराई गरेर मोरङ आएको प्रमाणको आधारमा सुभाषको मृत्युदर्ता झुटो ठहर भएपछि नयाँ नागरिकता दिएका हुन् ।


Last Updated on: August 15th, 2021 at 1:49 pm
१७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया