शुक्रबार ०८ आश्विन २०७८

काठमाडौं। अफगानिस्तानमा तालिबानीले जलालाबादमा पनि कब्जा गरेका छन् । यससँगै राजधानी काबुलको देशका पूर्वी क्षेत्रसँग स, x म्पर्क वि, x च्छेद भएको छ। तालिकानले आइतबार बिहान केही तस्वीर अनलाइनमार्फत जारी गरेका थिए जसमा तालिबानी लडाकुहरुलाई नांगरहार प्रान्तको राजधानी जलालाबादमा गभर्नरको कार्यालयमा देख्न सकिन्छ।

प्रान्तका सांसद अबरारुल्ला मुरादले पनि मिडियासँग कुरा गर्दै जलालाबादमा तालिबानीले कब्जा गरेको बताउका छन्। जानकारीअनुसार जलालाबादमा कुनै किसिमको संघर्ष भएन किनकि गभर्नरले स्वयं तालिबानीको अगाडि आ,त्म समर्पण गरेका थिए।

तालिबानले अफगानिस्तानको ठूलो क्षेत्रमा क,ब्जा गरिसकेको छ र यससँगै अफगानिस्तानको सरकार दबाबमा आएको छ। एक महिना अगाडिसम्म जलालाबादका जनतालाई तालिबानीको कुनै ड,र थिएन तर अब त्यहाँ पनि तालिबानीको कब्जा भइसकेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको सरकारले अफगानिस्तानबाट अमेरिकी सुरक्षाबलको सुरक्षित फिर्ता सुनिश्चित गर्नको लागि यु, द्ध ग्र, स्त क्षेत्रमा ५ हजार सैनिकको तैनाथीको आदेश दिएको छ।

रक्षा मन्त्रालयका एक अधिकारीका अनुसार अमेरिकाका १ हजार सैनिक पहिलेदेखि नै अफगानिस्तानमा छन्। गत हप्ता ३ हजार थप सैनिक पठाउन आदेश दिइएको छ। राष्ट्रपतिले शनिबार १ हजार थप सैनिक पठाउन आदेश दिए । अफगानिस्तानमा अब अमेरिकी सैनिकको संख्या ५ हजार पुगेको छ।


Last Updated on: August 15th, 2021 at 2:15 pm
५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया