शनिबार १५ माघ २०७८

सुनसरीको देवानगन्ज इलाका प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी जवानकी पत्नी मृतावस्थामा फेला परेकी छन् । शुक्रबार दिउँसो सो कार्यालयमा कार्यरत प्रहरी जवान अनिश पौडेलकी २३ वर्षीया श्रीमती सन्ध्या पौडेल कार्यालयको बाथरुमभित्र पा सो लागेको अवस्थामा मृ त भेटिएकी हुन् ।

अनिश सोही कार्यालयमा प्रहरी जवान पदमा कार्यरत थिए । सन्ध्या भने कार्यालय छेउको घरमा भाडामा बस्दै आएकी थिइन् । कोठा भाडामा बसेपछि प्रायः दिउँसोखेर पतिको कपडा धुन प्रहरी कार्यालयकै बाथरुममा पुग्नेगरेकी उनी शुक्रबार दिउँसो झु, ण्डि, ए को अवस्थामा मृत फेला परेकी हुन् ।

 

उनी सलको पा सो लगाएको अवस्थामा मृत भेटिएको देवानगन्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बद्रीप्रसाद दाहालले बताए । उनका अनुसार अनिश फुटबल खेल्न बाहिर गएको अवस्थामा सन्ध्या कपडा धुन बाथरुमभित्र पसेकी थिइन् ।

फुटबल खेलेर फर्किएपछि अनिशले नै सन्ध्यालाई बाथरुमभित्र मृतावस्थामा फेला पारेको दाहालले जानकारी दिए । पा सो लगाएको अवस्थामा भेटिएका कारण उनले आ, त्म, ह, त्या गरेको हुन सक्ने दाहालले जानकारी दिए । उनका अनुसार शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा लगिएको छ ।

इटहरी उपमहानगरपालिका–७ बस्ने अनिश र इलामको सुर्योदय नगरपालिका–१३ की सन्ध्याबीच दुई वर्षअगाडि मात्र विवाह भएको थिए । तर उनी ११ दिनअघि मात्र देवानगन्ज गाउँपालिका–२ को पुरानो इलाका प्रहरी कार्यालयको छेउमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । अनिश र सन्ध्याको १४ महिनाकी एक छोरीसमेत छिन् ।


Last Updated on: December 5th, 2021 at 2:16 pm
३१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया