बिहिबार ३१ भाद्र २०७८

दिनेश खड्का खप्तडि/ क्वालालम्पुर/२८ श्रावन २०७८, बिहिवार/ मलेसियामा ज्यान गुमाएका एक नेपालीको विहिवार मलेसियामा अत्येष्ठि गरिएको छ । खोटाङ जिल्ला खोटेहाङ गाउँपालिका वडा नम्बर ५, चिप्रुङका रन बहादुर बिष्टको मलेसियाको चेरासमा हिन्दु परम्परा अनुसार अन्त्ये’ष्ठि गरिएको हो ।

अवैधा’निक रहेका विष्ट जुलाई १ तारिखदेखि मलेसियाको सेलाङ्गर तामिनजयाको एक होटलमा काम गर्दै आएका थिए । होटलमै बसेको ठाउँमै अच्चानक बेहोस भएर ढलेपछि जुलाई ३१ तारिखमा उनलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा उपचार भैरहेको अवस्थामा उनको मृ’त्यु भएको हो । श’वलाई नेपाल पठाउनको लागि नेपाली जनसम्पर्क समिति मलेसियाले पहल गरिरहेको भएपनि पोस्टमा’र्टम रिपो’र्टमा कोरो’ना पोजि’टिभ देखिएपछि श’व नेपाल पठाउन सकिएको थिएन ।

नेपालवाट श’वलाई मलेसियामै अन्त्येष्टि गर्नको लागि परिवारले मन्जुरी दिएपछि उनको मलेसियामै अन्त्येठि गरिएको जनसम्पर्क समितिका सल्लाहकार राम कुमार चामलिङ्ङ राईले राष्टडेलीलाई जानकारी गराए ।

होटल संचालक रोहित तामाङले राष्टडेली संग भने म कहाँ आउदा उहाँ विरामि जस्तै हुनुहुन्थ्यो धेरै ठाउँमा उपचार पनि गराए उहाँमा सुगर र प्रेसर रहेछ तर निको हुनु भएन, अचानक वसेको ठाउँमा ढल्नुभयो अस्पताल लगियो तर पनि बचाउन सकिएन । राष्ट्र डेली बाट


Last Updated on: August 15th, 2021 at 2:55 pm
२०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया