शुक्रबार ०८ आश्विन २०७८

नेपाल बिधुत प्राधिकरणमा दोश्रो कार्यकालका लागि नियुक्त भएका र सर्वाधिक भरोसा गरिएका कुलमान घिसिङमाथि गम्भीर आरोप लागेको छ । आफुलाई केपी ओलीको छोरा र साइवरसेनाका प्रधानसेनापति दावी गर्ने रेल्व कम्पनीका पूर्व महाप्रबन्धक गुरु भट्टराईले कुलमानमाथि १५ अर्ब बढी भष्टाचार गरेको आशयको स्टाटस लेख्दैँ गम्भिर आरोप लगाएका हुन् ।

भट्टराईले कुलमानमाथि लगाएको आरोप यतिमा मात्रै सिमित छैनन् । उनले कुलमानबाट पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत कमिसन खाने गरेको आरोप थोपरेका छन् ।

कुलमान घिसिङले मुर्खहरुलाई बेबकुफ बनाएर हिरो भएको र खोल ओढेर घिउ खाने फटाहा कुलमानलाई मातृभूमीले पनि सराप्ने आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् । १ वर्ष आफु बाहिर बसेर हेर्दा नेपाल विधुत प्रधिकरणको नाफा १२ अर्बबाट घटेर ३ अर्बमा पुगेको र अन्तरिक व्यवस्थापनमा कमिकमजोरी भएको अभिव्यक्ति कुलमान घिसिङले हिजो एउटा टेलिभिजनमा आन्तर्वार्ता दिएपछि आफुलाई केपी ओलीको छोरा र साइवरसेनाको प्रधानसेनापति दावि गर्ने गुरु भट्टराईले यस्तो टिप्पणी गरेको हुन् ।

केहि महिना अघि उनले अपशब्द प्रयोग गर्दै महोत्तरी बर्दिबासका अनिल कुमार पासवानलाई १ घण्टा भित्रै अपहरण गर्न सक्ने आफु केपी ओलीको छोरा र साइवरसेनाका प्रधानसेनापति भएको दावि गरेका थिए । केपी ओलीको कृपाबाट कानुनी कारवाहीबाट बाचेका उनी तत्कालिनअर्थमन्त्री युवराज खतिवडाबाट २०७८ साउन ३१ मा रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त भएका थिए ।

प्रधानमन्त्री ओलीसँग असहमत हुने वा उनका आलोचकलाई भने तल्लो स्तरका गाली गर्ने, तथानाम भन्ने, हियाउने र अश्लील तस्बिरसमेत सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका छन्। केपी ओली सरकारमा हुदा हालिमुहालि गरेर बसेका उनले नेपाल सरकारले स्पष्टीकरण सोधेर कारवाही गर्ने प्रक्रिया अघि बढाएको सुइको थाहा पाएपछि हतारमा बरु स्पष्टीकारण नदिने भन्दै कारवाहीको डरले राजिनामा दिएका थिए । यस्तो छ उनले सामाजिक सञ्जालमा लेखेको स्टाटस:


Last Updated on: August 16th, 2021 at 10:22 am
३१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया