सोमबार ११ आश्विन २०७८

काठमाण्डाै – तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएको एक दिनपछि त्यहाँको विमानस्थलमा अचानक अ, रा,ज,कता बढेपछि अमेरिकी सेनाले त्यहाँको नि,यन्त्रण आफ्नो हातमा लिएको छ ।

अमेरिकी सेनाले आफ्ना र आफ्ना सहयोगी देशका कर्मचारीहरूलाई सुरक्षित रूपमा बाहिर पठाउनका लागि विमानस्थल क्षेत्र र एअर ट्राफिक नि,यन्त्रणमा लिएको हो । तर काबुलको हामिद करजई अन्तर्राष्ट्रिय विमानस्थलमा सबै व्यावसायिक उडान स्थगित गरिएको छ जसका कारण सयौँ सङ्ख्यामा अफगान र दोस्रो देशका नागरिक फ,सेका छन् ।

एक भिडियोमा त्यहाँका नागरिक स्थानीय बस स्टेशनतर्फ दौडिँदै विमानस्थल र विमानतर्फ भा,गि,रहेको देख्न सकिन्छ । आफ्ना सबै दूतावासका कर्मचारीलाई त्यहाँबाट बाहिर निकाल्नका लागि विमानस्थलमा बोलाइएको अमेरिकाले बताएको छ । आफ्ना नागरिकलाई त्यहाँबाट बाहिर निकाल्न अमेरिकाले ६ हजार सैनिकलाई अफगानिस्तान पठाएको छ ।


Last Updated on: August 16th, 2021 at 1:52 pm
४२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया