शुक्रबार ०८ आश्विन २०७८

बर्दिया । ट्रकको ठक्करबाट जिल्लामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दियाको बासगढी नगरपालिका–८ का चेतन बोहोरा र सोही ठाउँका प्रदिप चौधरी रहेका छन् ।

उनीहरूको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६७९९ नम्बरको ट्रकले लु ६ प १८२२ नम्बरको मोटरसाइकललाई सोमबार बिहान बाँकेको राप्तीसोनारी गाउँपालिका– १ गाभरमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।


Last Updated on: August 16th, 2021 at 2:11 pm
१२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया