शुक्रबार ०८ आश्विन २०७८

काठमाडौ । कलाकार र प्राविधिक चढेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । म्युजिक भिडियो छायाँकन लागि कलाकार तथा प्राविधिक बोकेर पोखरा गएको गाडी दुर्घटनामा परेको हो ।

काम सकेर पोखरावाट काठमाडौ फर्कदै गर्दा धादिङको गजुरीमा गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा परी कलाकार रेनुपुलुङ राईको निधन भएको हो । उनी निर्देशक, मोडल तथा गीतकार हुन् ।

छायांकनबाट काठमाडौ फर्किदै गरेको गाडीलाई भारतीय नम्बर प्लेटको एक गाडीले ठ क्क र दिएको हो । चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले घटनाको पुष्टि गरेका छन् । दुर्घटनामा एक जनाको मृत्यु र बस ड्राइभर सहित दर्जन घाइते भएका छन् ।

दुर्घटनामा परेका मध्य घाइते हुनेमा क्यामरा पर्सन दिर्घ गुरुङ, बिनोद लामा, श्याम तामाङ, नारायण गुरुङ, रमेश सुनुवार, दीपेन्द्र थपलिया, महेन्द्र लामा लगायत रहेका छन् । जसको ट्रमा सेन्टरमा उपचार भइरहेको अध्यक्ष लामाले बताए । निर्देशक परिपुलुङ राईको पोखराको एक अस्पतालमा उपचार भइरहेको छ ।

उक्त दुर्घटनामा निर्देशक राईको बहिनी रेनुपुलुङ राईको घटनास्थलमै मृत्यु भएको हो । राइएको नेतृत्वमा युनिट काठमाडौंबाट पोखरा गएको थियो । फाइल तस्बिर


Last Updated on: August 16th, 2021 at 7:38 pm
२३० पटक हेरिएको

तपाईको प्रतिक्रिया