शुक्रबार ०८ आश्विन २०७८

रेणुका कुलुङको असामयिक मृत्युप्रति श्रद्धाञ्जली तथा
शोकाकुल परिवारप्रति समवेदना
३२ श्रावण, २०७८
आज विहान पोखरादेखि काठमाडौं आउने क्रममा बस र ट्रकको ठक्करबाट भएको दुर्घटनामा परी रेणुका कुलुङको मृत्यु भएकोमा हामीलाई स्तब्धता तुल्याएको छ । वहाँको असामयिक मत्युप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं र शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दछौं ।
रेणुका कुलुङ नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघको काठमाडौं, सुन्ताखान बालुवा, गोकर्णेश्वरमा निर्माणाधिन रहेको भवन निर्माण समितिको सह–कोषाध्यक्षको जिम्मेवारीमा रही कुलुङ समुदायको उत्थानका लागि सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।
रेणुका कुलुड समाज र देशको अवस्थामा सकारात्मक परिवर्तनका लागि समेत सक्रिय सहभागिता र प्रतिनिधित्व गर्नुहुने एक जुझारु युवा योद्धा समेत हुनुहुन्थीयो ।
वहाँको असामयिक मृत्युबाट भएको क्षति अपूर्णणीय छ । कुलुङ समुदायले वहाँको योगदानको स्मरण निरन्तर गरिरहने छ ।
दुर्घटनामा वहांकी बहीनी सोनु कुलुङ पनि गम्भीर घाइते भै हातखुट्टा नै का, x, ट्नु पर्ने समाचारले कुलुङ समुदायलाई थप मर्माहत बनाएको छ । सोनुजीको र दुर्घटनामा पर्नुभएका सबै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।
कुलुङ भवन निर्माण समिति
सुन्ताखान बालुवा गोकर्णेश्वर काठमाडौं


Last Updated on: August 17th, 2021 at 9:00 am
२७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया