बिहिबार ०७ आश्विन २०७८

काठमाडौं । भर्खरै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ती भएका कुलमान घिसिङका जिम्मेवारी बदर हुने सम्भावना देखिएको छ । आफूलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको भन्दै हितेन्द्रदेव शाक्य सरकारविरुद्ध सर्वोच्च अदालत पुगेपछि यस्तो सम्भावना बढेको हो ।

साक्यले बदनियतपूणर् तरिकाले पदबाट हटाएको भन्दै अन्तरिम आदेश मागसहितको रिट दर्ता गराएका छन् । उनलाई सरकारले उर्जा आयोगमा सरुवा गरेर शाक्यको ठाउँमा कुलमान घिसिङलाई नियुक्ति गरेको थियो ।

यसअघिका नजिरहरु हेर्दा राजनीतिक नियुक्तीबाट आएका निणर्यहरु एकपछि अर्को बदर हुदै गएको बेला कुलमान नियुक्तीको विषय पनि उस्तै हुने आकलन देखिएको हो । सर्वोच्च अदालतले कुलमानको नियुक्तिलाई मान्यता नदिई शाक्यलाई नै कायम राख्न सरकारको नाममा अन्तरिम आदेशसमेत जारी गर्न सक्ने बताइएको छ ।

तोकिएको कार्यकाल पूरा नभई सरकारले राजनीतिक नियुक्तिबाट हटाएका अधिकांस सबै घटनामा सर्वोच्चले रिट आबेदक (पीडक)लाई पहिलाकै ठाउँमा पदस्थापन गर्ने क्रम चलीरहेको बेला शाक्यको अदालती यात्रा र सिसिङको नियुक्तीलाई महत्वपूणर् हेरिएको छ ।


Last Updated on: August 17th, 2021 at 10:12 am
२२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया