मंगलबार ११ माघ २०७८

दार्चुला : सुदूरपश्चिमका चर्चित देउडा गायक\कलाकार भानुभक्त जोशीले ज्यान लिने गरी आफूमाथि भौतिक रुपमा आ क्र म ण भएको बताएका छन् । उनले शनिवार राती घाइते अवस्थाको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्दै आफूलाई दार्चुलाको शैल्यशिखर नगरपालिकाका कांग्रेस सभापतिका छोरा रुपेश साउदले ज्यान लिने उद्देश्यले बन्द कोठामा आ क्र म ण गरेको बताएका छन् । तस्बिरमा उनको अनुहारमा चोट लागेको देखिन्छ । जोशी महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार गराइरहेका छन् ।

जोशीको अस्पतालमा उपचार भइरहेको जानकारीमा आएको तर घटनाका बारेमा उनले केही जानकारी नगराएको कञ्चनपुर प्रहरीले जनाएको छ । जोशीले मदिरा सेवन गरेको र घटना विवरण पनि भन्न नचाहेको प्रहरीको भनाइ छ । जोशीले फेसबुकमा आफू थप उपचारका लागि धनगढीको अस्पतालमा गइरहेको बताएका छन् । जोशी पटक-पटक बिबादमा आइरहने कलाकार हुन् । देउडा गीत गायन र डोटेली भाषाको हास्यव्यङग्य सिरियल बनाएर चर्चामा आएका जोशी यसअघि एकजना युवती सँगको आ;पत्ति;जन;क भिडियोका कारण बदनाम भएका थिए ।

काठमाडौँ, ४ पुस -काठमाडौँको दक्षिणकालीबाट प्रहरीले लागुऔषधसहित एक जनालाई आज पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा पर्साको वीरगञ्ज

महानगरपालिका–१५ बस्ने वर्ष १९ का अर्जुनकुमार शाह रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनी वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना १ ज ६६०६ नम्बरको टाटा सुमोमा सवार थिए । दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कमा उक्त सवारीसाधन जाँच गर्ने क्रममा

लागुऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

उनले झोलामा टेपले बाँधेर ल्याएको अवस्थामा फेला पारिएको र फर्पिङस्थित प्रहरीले लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान गरिरहेको छ ।

उनको साथबाट डाइजेपाम ४७५, फेनारगन ४९९, नुफिन ४९३ एम्पुल फेला पारिएको पनि प्रहरीले जनाएको छ । (रासस)


Last Updated on: December 20th, 2021 at 3:10 pm
१०० पटक हेरिएको

तपाईको प्रतिक्रिया