सोमबार ०३ माघ २०७८

ल्हासा । चिनियाँ राष्ट्रपति सी जिनपिङले नयाँ युगमा तिब्बतमाथि शासन गर्नका लागि चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का दिशानिर्देशहरूलाई पूर्णरूपमा कार्यान्वयन गर्ने र दिगो स्थायित्व र उच्च गुणस्तरको विकासको नयाँ अध्याय लेख्ने कुरामा जोड दिनुभयो ।

चिनियाँ राष्ट्रपतिको कार्यभार सम्हालेयता पहिलोपटक सीले नेपाल र भारतसँग सीमाना जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमण गर्नुभएको थियो ।

 

नेपालसँग तिब्बतको मात्र सीमा जोडिएको छ । यसले नेपाललाई पनि विशेष प्राथमिकता दिने देखिन्छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटीका महासचिव, चिनियाँ राष्ट्रपति र केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहनुभएका सीको यो भ्रमणलाई विश्वले नै निक्कै चासोका साथ हेरेको छ ।

उहाँले तिब्बतको शान्तिपूर्ण मुक्तिको ७० औं वार्षिकोत्सवको लागि बुधवारदेखि शुक्रबारसम्म तिब्बत स्वायत्त क्षेत्र भ्रमण गर्नुभयो । पार्टी र देशको इतिहासमा यो पहिलो पटक हो।

सीले तिब्बतको शान्तिपूर्ण मुक्तिको ७०औं वार्षिकोत्सवको बधाई दिनुभयो । विभिन्न जातीय समूहका अधिकारीहरू र साधारण मानिसहरूसँग भेट्न पुग्नुभयो ।

 

उहाँहरूलाई सीपीसी केन्द्रीय कमिटीले विशेष हेरचाह गर्ने र गरिरहेको सुनाउनुभयो ।

सीले भन्नुभयो कि विगत ७० बर्षमा तिब्बतले सामाजिक प्रणालीमा ऐतिहासिक प्रगति गरेको छ र पूर्ण आर्थिक र सामाजिक विकासको अनुभूति भएको छ । जनताको जीवनस्तरमा उल्लेखनीय सुधार आएको छ।

यो प्रमाणित भइसकेको छ कि सीपीसीबिना त्यहाँ न त नयाँ चीन हुने थियो न नयाँ तिब्बत नै सिले भन्नुभयो ।

तिब्बत काम सम्बन्धी सीपीसी केन्द्रीय समितिका दिशानिर्देश र नीतिहरू पूर्ण रूपमा सहि छन् भन्नेमा आफूलाई विश्वास लागेको राष्ट्रपति सीको भनाई थियो ।

त्यहाँ आयोजित विभिन्न कार्यक्रममा सीले विकास क्षेत्रको विकासका लागि प्रयासमा जोड दिनुभयो ।

उहाँले स्थिरता, विकास, पारिस्थितिकी र सीमा क्षेत्रमा स्थिरता चार प्रमुख मुद्दाहरूलाई जोड दिनुभयो ।

उहाँले सीमा क्षेत्र मेरो प्रमुख चासोको विषय हो भन्दै नेपाल र भारततर्फ केन्द्रीत बन्नुभयो । भारततर्फको सीमा अहिलेपनि विवाद छ ।

त्यसलाई टुंग्याउने र नेपालसँग अझ समधुर सम्बन्ध बनाउँने उहाँले घोषणा गर्नुभयो ।

सांघाई/तिब्बत पठारको पर्यावरणीय संरक्षण र यसको दिगो विकासको लागि नयाँ उपलब्धिहरू प्राप्तिका लागि चीनले अब विशेष जोड दिने उहाँको भनाई थियो । यसले अब नेपालपनि प्रथामिकतामा परेको छ भन्न सकिन्छ ।


Last Updated on: December 21st, 2021 at 2:31 pm
९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया