सोमबार ०३ माघ २०७८

एजेन्सी । नेपाली महिलाहरुले केही वर्ष अघि सम्म गोठमा, खेतका आलीमा र जंगलमा समेत सन्तान जन्माउथे । अहिले पनि अस्पताल जाँदा जाँदै वाटैमा सन्तान जन्मिएका थुप्रै घटना सार्वजनिक हुन्छन् । तर अमेरिकाको फिलाडेल्फियामा एक महिलाले कारको अगाडिको सिटमा बच्चा जन्माएकी कुरा विश्वका लागि अचम्म भएको छ । सेप्टेम्बर महिनामा जन्मिएको उक्त बच्चालाई ‘पहिलो टेस्ला बेबी’ नामकरण गरिएको छ ।

विश्वले यो घटनालाई अचम्मको भन्दै पहिलो पटक यसरी बच्चा जन्मिएको बताएका छन् । फिलाडेल्फियाकी बासिन्दा ३३ वर्षीया यिरान सेरीले यसरी कारको अगाडीको सिटमै बालिकालाई जन्म दिएकी हुन् । उनी आफ्ना ३४ वर्षे श्रीमान् कियटिङ र तीन वर्षका छोरा राफा सँग कारमा बच्चा जन्माएकी हुन् ।

‘उनीहरु कारमा हिडिरहेको बेलामा अचानक यिरानलाई ब्यथा लाग्यो । उनले त्यती बेलाको घटना सम्झदै भनिन् हामीले यो स्थितिलाई सम्हाल्न सक्छौं जस्तो लाग्यो । दुई सन्तानकी आमाले दिएको जानकारी अनुसार उनका श्रीमान् कियटिङले अस्पताल जानका लागि आफ्नो कारलाई अटोपाइलट मोडमा राखे ।

‘मलाई याद छ, मैले श्रीमानलाई ‘मलाई लाग्छ उनको टाउको बाहिर निस्किएको छ’ भनेको भनें । उनको टाउको बाहिर निस्किएको जस्तो भान भएको थियो । तर मेरो ध्यान कारलाई लैजाने म्यापमा मात्रै केन्द्रित थियो । हामी कहाँ छौँ भनेर म हेरिरहेको थिएँ ,’ ३३ वर्षीया आमाले स्मरण गरिन् । यी दुईले यस्तो स्थितिको सामना गरिराख्दा उनीहरुका तीन वर्षका छोरा भने कारको पछाडिको सिटमा थिए । फिलाडेल्फिया इन्क्वायररसँग कुरा गर्दै ती महिलाले आफ्ना श्रीमानलाई पहिला छोरालाई स्कूल पुर्याउन र त्यसपछि अस्पताल जान भनेको जानकारी दिइन् ।

रियानका श्रीमानले अस्पताल जाँदा ट्राफिकको फ से को घटना स्मरण गरे । ‘मैले यिरानलाई, ओके, आफ्नो सासमा ध्यान केन्द्रीत गर भनेँ । यो सल्लाह मेरो लागि पनि थियो । म निकै हताश थिएँ । मैले छोरालाई ‘राफा, सबैकुरा राम्रो छ । तिम्री बहिनीको आगमन हुँदैछ भनेँ’’, दुई सन्तानका पिताले भने ।

‘तर सबैभन्दा पीडा त्यतिबेला भयो जब बल गरेर छोरी जन्माउने हो कि बच्चालाई बाहिर आउन नदिने भन्ने रनभुल्लमा परियो । ‘मैले पुस गरे कि रोकिने रु, ’ यो कुरा मैले बारम्बार दोहोराइरहेको थिएँ,’ उनले स्मरण गरिन् ।

अन्ततः उनले कारभित्रै छोरी जन्माइन् । अस्पताल पुगेपछि नर्सले कारको फ्रन्ट सिटमा नै नाल का टि दिइन् । उनले भनिन्, ‘हामी अब बिदामा रमाइलो गर्न चाहन्छौं र परिवारसँग उत्कृष्ट समय बिताउन चाहन्छौं,’ कियटिङले भने । ‘क्रिसमसको झिलिमिली हेर्न हामी ड्राइभमा जानेछौँ । आशा गरौं कुनै आपतकालीन अवस्था सिर्जना नहोस् ।’


Last Updated on: December 23rd, 2021 at 12:31 pm
८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया