सोमबार ०४ आश्विन २०७८

काठमाडौं,एमाले वरिष्ठ नेता माधवकुमार नेपालको आग्रहमा सरकारले दल विभाजन गर्न सजिलो हुने गरी अध्यादेश जारी गर्ने तयारी गरिरहँदा माधव समूहभित्रै नयाँ पार्टी निर्माणका विषयमा मतभेद चुलिएको छ।

माधव समूहभित्रका कतिपय नेताहरु अहिले नै नयाँ पार्टी निर्माण गर्ने निर्णयमा जानु भन्दा एमाले एकताका लागि अझै पनि संघर्ष गर्नुपर्ने पक्षमा उभिएका छन्।सिंहदरबारमा माधव समूहको आन्तरिक छलफलको बीचमै निस्केका सांसद झपट रावलले दल विभाजनका लागि हतार गर्न नहुने सुझाव आफूले दिएको बताए ।

पार्टी एकताका लागि अझै संघर्ष गर्नुपर्ने सुझाव आफूले दिएको र अधिकांश नेताहरुको चाहना पनि त्यसविपरीत नरहेको उनले बताए। तर बैठकमा रावलले एकताका लागि संघर्ष गर्नुपर्ने धारणा राखेपछि वरिष्ठ नेता नेपाल उनीसँग आक्रोशित बनेका थिए। ओली कुनै हालतमा नुसुध्रिने भन्दै नेपालले रावललाई ‘हप्काएको’ बैठकमा सहभागी एक नेताले बताए।

नेता नेपाल आक्रोशित बनेपछि रावल बैठकस्थलबाट बाहिरिएका हुन्। ‘ओली सुध्रिने छाँट देख्नुभएको छ तपाइँलेरु ओली कुनै हालतमा सुध्रिदैँनन्, कतिन्जेल पर्खनेरु’ रावलको सुझावपछि नेता नेपाल कड्केका थिए। कैलालीबाट निर्वाचित एमाले सांसद झपट रावल पार्टीमा भीम रावल निकट मानिन्छन्। भीम रावल ओलीप्रति नरम भएसँगै झपट रावल पनि नरम बनेको चर्चा एमालेमा छ।

यसैबीच वरिष्ठ नेता नेपालले पार्टी विभाजनका लागि केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरेका छन्। श्रोतका अनुसार विभाजनका लागि आवश्यक पर्ने संख्यामा केन्द्रीय सदस्यहरुको हस्ताक्षर जुटिसकेको छ। माधव नेपालले नयाँ दल निर्माणका लागि आवश्यक कागजात र बन्दोबस्तीको व्यवस्थापनका लागि नेता राजेन्द्र पाण्डेलाई जिम्मेबारी दिएका छन्।

पाण्डे हस्ताक्षर संकलनसहित अन्य आवश्यक कागजात जुटाउन लागिपरेका छन्। एमाले विवाद उत्कर्षमा रहँदा पाण्डेले माधव नेपाल ओलीसँग मिल्न गए पनि आफू नजाने बताउने गरेका थिए। केही दिनअघि माधव समूहको आन्तरिक बैठकमा पनि पाण्डेले माधव नेपाल गए पनि आफू केपी ओलीसँग मिल्न नजाने बताएका थिए।

उनी पाण्डेलाई माधव नेपालले दल विभाजन सम्बन्धी हस्ताक्षरसहितका कागजात जुटाउने जिम्मेबारी तोकेका हुन्। सरकारले दल विभाजन गर्न सजिलो हुने गरी आजै अध्यादेश जारी गर्दै छ।त्यसको निर्णय लिन अहिले बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।


Last Updated on: August 17th, 2021 at 3:58 pm
१६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया