मंगलबार ११ माघ २०७८

सन्तोष शर्मा होलेरी, ७ पुस । रोल्पाको होलेरीमा रहेको एक होटलमा सुतिरहेका ३ जनामाथि आ क्र म न हुदा ३ जना नै गम्भीर घाइते भएका छन । होटलको एक कोठामा साझ सगैँ सुतेका ४ जना मध्य रुन्टीगढी गाउँपालीका वडा नम्बर ७ का भिम बहादुर थापा,सोहि ठाउँका सत्य भनिने सरोज पुन र सानोभेरी गाउँपालीका ४ खालचौर रुकुम पुर्व निवासी मैत वहादुर विक घाइते हुनुभएको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी प्रमुख जिवराज थापाले जानकारी दिनुभयोे ।

घटनाको सुचना पाएलगत्ते विहान ३ वजे पुगेको इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले उनीहरुलाई बेडमै रक्ताम्य अवस्थामा फेला परेको थियो । घाइतेहरुलाई प्रहरीले विहानै दाङ्गको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएपनि तेहा सम्भव नभएपछि ३ जनालाई छुटाछुटै स्थानमा रिफर गरीएको छ । ३ जनाकै टाउकोमा गम्भीर चोट लागेको र अहिले पुनको उपचार भैरहवा,थापाको उपचार कोहलपुर र वि.को उपचार नेपालगञ्जमा भैरहेको छ , ३ जनाकै अवस्था गम्भीर छ ।

यता सगैँ सुतेका मध्य अर्का एक जनालाई भने प्रहरीले आज दिउसो मात्रै पक्राउ गर्न सफल भएपनि घटनामा के कति सलग्न थिए भन्नेवारे अनुसन्धान भैरहेको प्रहरीले वतायो । ३९ वर्षीया उनलाई रोल्पाको रुन्टीगढीकै हापखोलावाट प क्रा उ गरीएको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख विनोद घिमिरेले जानकारी दिनुभयो । प्रहरीले घटनास्थलवाट प्रयोग भएको रड बरामत गरेको छ ।


Last Updated on: December 23rd, 2021 at 1:59 pm
५० पटक हेरिएको

तपाईको प्रतिक्रिया