शुक्रबार ०८ आश्विन २०७८

सल्यानमा घरकाे छतबाट खसेर घाइते भएका एकजना बालककाे उपचारका लागि आर्थिक समस्या भएकाे छ ।शारदा नगरपालिका वडा नम्बर ५ घर भइ श्रीनगरमा काेठा भाडामा बस्दै आएका रमेश खड्काका ३ वर्षीय छाेरा यूनिक खड्काकाे उपचारमा आर्थिक समस्या भएकाे हाे । एक महिना अगाडी साउन २ गते घरकाे छतबाट खसेर घाइते भएका यूनिककाे अहिले काठमाडाैं स्थित अन्नपूर्ण न्याराे अस्पतालमा उपचार भैरहेकाे छ ।उपचारका लागि अहिलेसम्म १० लाख भन्दा बढी खर्च भैसकेकाे र अझै धेरै खर्च लाग्ने अस्पतालले जनाएकाे छ । उनलाइ एक महिनादेखि आइसियूमा राखेर उपचार गरिएकाे फुपू कविता बस्नेतले बताइन्।उनकाअनुसार यूनिककाे यसअघि टाउकाेकाे अप्रेशन गरिएकाे थियाे भने अझै फेरि टाउकाेमा रगत जमेकाेले फेरि पनि अप्रेशन गर्नुपर्ने छ । त्यस्तै, हात भाँचिएकाेले हात लगाएत अन्य भागकाे पनि अप्रेशन गर्ने पर्ने फुपू कविताले बताइन् ।आर्थिक अवस्था कमजाेर भएपछि उपचारमा समस्या आएकाेले सबैले सहयाेग गरिदिन् उनले अपिल गरेकी छन् । लेकाली अनलाइनसँग कुरा गर्दै फुपू कविताले भनिन्, ‘उनिहरुकाे आर्थिक अवस्था निकै कमजाेर हाे । श्रीनगरमा काेठा लिएर बस्थे, हामीहरुले केही सहयाेग गरेर अहिलेसम्म उपचार गरियाे । अझै १५ लाख भन्दा बढी रुपैयाँ खर्च हुन्छ रे । अब त घरबाट उपचार गर्न सक्ने अवस्था छैन् । सबैले सहयाेग गर्दिनु भयाे भने उपचार हुने थियाे ।’सहयाेग गर्न चहानेले यूनिकका अंकल तुल बहादुर खड्काकाे कुमारी बैंकमा रहेकाे खाता नम्बर ०२५०१०३३९२२००००१ मा पैसा जम्मा गर्न सकिन्छ । त्यस्तै ९८६६२३५८१९ सम्पर्क गर्न सकिन्छ ।यसैबीच शारदा नगरपालिका वडा नम्बर ५ ले पनि घाइते यूनिककाे उपचारका लागि सहयाेग गरिदिन सबैलाइ अनुराेध गरेकाे छ ।


Last Updated on: August 17th, 2021 at 6:56 pm
२४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया