सोमबार ०३ माघ २०७८

संघीय प्रहरी इकाई कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशील कुमार यादवको नवलपरासीमा शवयात्रासहित अन्त्येष्टि गरिएको छ।

नवलपरासीको त्रिवेणीधाम घाटमा शवलाई यादवका १५ वर्षीय छोराले दागबत्ती दिएका छन् ।

 

शनिबार नवलपरासी रामग्राम नगरपालिका-५ स्थित घरबाट शवयात्रा गरी उनको शवलाई त्रिवेणीधामको घाटसम्म पुर्‍याइएको थियो। शव यात्रामा प्रहरीका उच्च अधिकारीहरु सहित आफन्त, नगरवासी लगायतको सहभागिता रहेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले बताए।

यादवको मृत्युको घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गर्ने भएको छ। यो समाचार तयार पार्दासम्म उक्त घटनाको अनुसन्धान/छानबिनका लागि गृह मन्त्रालय वा प्रहरी प्रधान कार्यालयबाट कुनै उच्चस्तरीय टोली गठन गरिएको छैन।

घटनास्थल रुपन्देही प्रहरीको क्षेत्र भएकोले घटनाको अनुसन्धान रुपन्देही प्रहरीले नै गर्ने लुम्बिनी प्रदेशका डिआईजी प्रकाश अधिकारीले बताए। उनले घटनाको अनुसन्धानका लागि माथिल्लो निकायबाट कुनै उच्चस्तरीय टोलीको गठन नभएको बताए।

समान्यता ‘हाईप्रोफाइल’व्यक्तिको मृत्यु हुँदा तल्लो तहबाट हुने घटनाको अनुसन्धानमा लापरवाही हुन नदिनका लागि उच्चस्तरीय तहबाट घटनाको अनुसन्धान/छानबिन हुने गर्दछ।

‘नमस्कार! म भाग्य न्यौपाने। आज तात्तातो खबर हेर्नुहुने दर्शकसामु फरक भिडियो लिएर आएको छु। हरेक दिन दुःखका भिडियो र विभिन्न ठाउँमा भएका विभिन्न पी’डाका भिडियोहरु प्रस्तुत गरिरहँदा देशमा भएको राम्रो काम पनि देखाउँ भनेर आज म यो भिडियो बनाउँदैछु।

विशेषगरी संसारभर तात्तातो खबर हेर्नुहुने दर्शकहरुले आजको भिडियो हेर्नुहोला। अनि, भिडियो हेरिसकेपछि लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला।’ कुनै समय यस्तै परिचयसहित युट्युबमा प्रस्तुत भएर एउटा तप्कामाझ निकै रुचाइएका युट्युबर हुन्, भाग्य न्यौपाने।

यही कारण उनले चलाएको युट्युब च्यानल ‘तात्तातो खबर’ले छोटो समयमा २० लाखभन्दा बढी सब्सक्राइबर बनाएको छ। तर, यति धेरै प्रशंसक कमाएको यो च्यानल हिजोआज मौन छ। ८ महिनायता यो च्यानलमा भाग्यले कुनै पनि भिडियो अपलोड गरेका छैनन् च्यानल ‘डिएक्टिभ’ नहोस् भनेर १२ दिनअघि राखिएको ५० सेकेन्डको भिडियोबाहेक।

कुनैबेला युट्युबबाट सर्वाधिक आम्दानी गर्ने नेपाली युट्युबरको परिचय बनाएका भाग्य हिजोआज सोसल मिडियामा पनि ‘साइलेन्ट’ देखिन्छन्। कुनै बेला भाग्यले अपलोड गरेको हरेक कन्टेन्टले युट्युबमा लाखौं भ्युज पाउँथ्यो। तर, केही महिनायता उनको कन्टेन्टमा ‘भ्युज’ कम, ‘गा’ली’ ज्यादा हुन थालेपछि उनको आम्दानी त घट्यो नै, त्यसपछि उनी सोसल मिडियाबाटै टाढिएका छन्।


Last Updated on: December 26th, 2021 at 11:56 am
१२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया