सोमबार ०३ माघ २०७८

उदयपुर । उदयपुर सदरमुकाम गाईघाट नजिक बोक्सेबाट एक महिला बेपत्ता भएकी छन् । जिल्लाको रौतामाई गाउँपालिका वडा नम्बर ८ झिरोडाँडा कोप्चे स्थायी घर भएकी बिना तामाङ सम्पर्कबिहीन भएकी हुन् ।

परिवारका अनुसार डि प्रे सनको स मस्या समेत रहेकी उनले अन्तिम पटक पुस ७ गते उदयपुर जिल्ला अस्पताल बोक्से गेट अगाडि सम्पर्कमा आएकी थिइन् । ३८ वर्षीया तामाङ घरबाट कृषि विकास बैंकमा खाता खोल्न भनि हिडेको बुझीएको छ ।

बे पत्ता भएकी तामाङकी छिमेकी आकास बलम्पाकी मगरका अनुसार बिनाले अन्तिम पटक पुस ७ गते उनकै गाउँले भाई हेम तामाङले देखेका थिए । उनले भेटेपछि सँगै खाजासमेत खादै कुराकानीको क्रममा आफू बैंकमा खाता खोल्न आएको बताएकी हेमले जानकारी दिए ।

केही समयअघि श्रीमान्को मृ त्युपछि एकल महिला रहेकी बिना डि प्रे सनमा समेत देखिएको छिमेकी बलम्पाकीले बताए ।

ह रा एको तीन दिन बि तिसक्दा उनी जानसक्ने सम्भावित सबै नलनाता, आफन्तकोमा पुगेर सोधपुछ गरीसकेको भएपनि हालसम्म पत्ता लाग्न नसकेको परिवारले जानकारी गराएको छ ।

आफन्तले जिल्ला प्रहरी कार्यालयमा समेत खोजनलासका लागि जाहेरी दिएका छन् । तीन सन्तानकी आमा समेत रहेकी बिनालाई फेला पर्ने महानुभावले नजिकैको प्रहरी चौकी या ९८१९९८८०४६ मोवाईल नम्बरमा सम्पर्क गरी खबर गर्न आग्रह गरिएको छ ।

यहाँ कमेन्ट


Last Updated on: December 26th, 2021 at 12:29 pm
९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया