शुक्रबार ०८ आश्विन २०७८

अफगानिस्तान माथि कब्जा जमाएपछि तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले पहिलोपटक सार्वजनिक भएका छन् । मुजाहिद तालिबानको संस्कृति परिषद्का प्रमुख पनि हुन् ।उनलाई पहिलोपटक विश्वले देखेको हो।

अहिलेसम्म उनको तस्बिर मिडियामा सार्वजनिक भएको थिएन । मुजाहिदले ​मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै भने,हामी कसैसँग ब,दलाको भावना राख्ने छैनौँ ।

हामीलाई बाह्य वा आन्तरिक दुश्मन चाहिँदैन।तालिबानी नेता जलालाबादमा नयाँ रणनीति तयार गरिरहेका छन् भने उता दोहामा पनि वार्ता चलिरहेको छ।हामीलाई अफगानिस्तानलाई स्वतन्त्र गरेकोमा गर्व छ।

अफगानिस्तानको जमिन कसैको विरुद्ध प्रयोग गर्न दिँदैनौँ मुजाहिदले भने आफ्नो नेताको आदेशमा हामीले सबैलाई माफी दिएका छौँ।हामी सबैको सुरक्षाको ग्यारेन्टी लिन्छौँ । सबै दूतावास सुरक्षित छ।

वर्तमान परिस्थितिमा म सबै अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रलाई यो भरोसा दिलाउन चाहन्छु कि अफगानिस्तानमा सबै सुरक्षित छन् अफगानिस्तान को जमिनको प्रयोग कुनै पनि देशको विरुद्ध हुन दिने छैनौँ।हामी विश्वलाई भरोसा दिन चाहन्छौँ कि हाम्रो जमिन तपाईंको विरुद्धमा प्रयोग हुन दिन्नौँ। साभार

मन्त्रालयले अफगानिस्तानबाट सम्पर्कमा आएका केही नेपाली स्वदेश नफर्की काममै जान थालेको जानकारी आएको बताएको छ।

सम्पर्कमा आएका मध्ये केहि नेपाली नागरिकहरू अफगानिस्तानको पछिल्लो अवस्था आँकलन गरी आफ्नो नियमित काममा फर्किएको जानकारी आएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यहाँ रहेका र सम्पर्कमा आउनुभएका मध्ये केहि नेपाली नागरिकहरूले अफगानिस्तानको पछिल्लो अवस्था आकलन गरी आफ्नो नियमित काममा फर्किएको जानकारी समेत गराउनु भएको छ।’

मन्त्रालयले मंगलबार अफगानिस्तानबाट ११८ नेपाली स्वदेश फर्किएको पनि जनाएको छ ।

यस्तै ९ भारतीय समेत अफगानिस्तानबाट आएको र उनीहरुलाई आवश्यक प्रक्रिया पुरा गरी भारतीय दूतावासको जिम्मा लगाइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ


Last Updated on: August 18th, 2021 at 9:52 am
४९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया