सोमबार ०३ माघ २०७८

धनगढी। धनगढीमा अटोरिक्सा चालकले मनपरी भाडा असुलेको भन्दै स्थानियहरुले हुलाकी सडक अ वरोध गरेका छन् । कैलालीको धनगढी उमहानगरपलिका हुलाकी सडक खण्ड अन्तरगत क्याम्पस चोकदेखि फूलवारीसम्म अटोरिक्सा चालकले मनपरी भाडा असुलेको भन्दै युवा तथा स्थानियहरुले अटोरिक्सा सञ्चालनमा अ वरोध गरेका हुन्।

स्थानियहरुले भाँडादर घटाउनु पर्ने माग गर्दै हुलाकी सडकमा अटोरिक्सा संचालनमा रोक लगाएका छन्। अटोरिक्सा चालकले छोटो दुरीको यात्रामा दोब्बर भाडा असुलेको स्थानियहरुले बताएका छन् । आज बिहानैदेखि धनगढी फूलवारी सडक खण्ड अन्तरगत फूलवारीको स्याउले बजारमा जम्मा भएका स्थानिय युवाहरुले अटोरिक्सा संचालनमा रोक लागाएका छन्।

अटोरिक्सा चालकहरुले १९ किलोमिटर धनगढीको क्याम्पसचोक देखी फूलवारी आई गाँउ सम्म १ सय र करिब ११ किलोमिटर स्याउले बजार सम्मपनि १ सय रुपियाँ नै भाडा लिदै आएका छन्। स्थानिय महेश गोलेले क्याम्पस चोकदेखि फूलवारीको स्यालेबजार,डिपोबजार, पच्चीसघर, र आईगाँउ सम्म क्रमश ७०,८०,९० र १०० रुपियाँ भाडादरतय गर्नुपर्ने बताए । अटोरिक्सा चालकहरुले स्थानियहरुले तोके अनुसार भाँडादर कायम नगरे हुलाकी सडकमा अटोरिक्सा संचालन गर्न नदिईने स्थानिय जोन तामाङले बताए ।

‘नमस्कार! म भाग्य न्यौपाने। आज तात्तातो खबर हेर्नुहुने दर्शकसामु फरक भिडियो लिएर आएको छु। हरेक दिन दुःखका भिडियो र विभिन्न ठाउँमा भएका विभिन्न पी’डाका भिडियोहरु प्रस्तुत गरिरहँदा देशमा भएको राम्रो काम पनि देखाउँ भनेर आज म यो भिडियो बनाउँदैछु।

विशेषगरी संसारभर तात्तातो खबर हेर्नुहुने दर्शकहरुले आजको भिडियो हेर्नुहोला। अनि, भिडियो हेरिसकेपछि लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला।’ कुनै समय यस्तै परिचयसहित युट्युबमा प्रस्तुत भएर एउटा तप्कामाझ निकै रुचाइएका युट्युबर हुन्, भाग्य न्यौपाने।

यही कारण उनले चलाएको युट्युब च्यानल ‘तात्तातो खबर’ले छोटो समयमा २० लाखभन्दा बढी सब्सक्राइबर बनाएको छ। तर, यति धेरै प्रशंसक कमाएको यो च्यानल हिजोआज मौन छ। ८ महिनायता यो च्यानलमा भाग्यले कुनै पनि भिडियो अपलोड गरेका छैनन् च्यानल ‘डिएक्टिभ’ नहोस् भनेर १२ दिनअघि राखिएको ५० सेकेन्डको भिडियोबाहेक।

कुनैबेला युट्युबबाट सर्वाधिक आम्दानी गर्ने नेपाली युट्युबरको परिचय बनाएका भाग्य हिजोआज सोसल मिडियामा पनि ‘साइलेन्ट’ देखिन्छन्। कुनै बेला भाग्यले अपलोड गरेको हरेक कन्टेन्टले युट्युबमा लाखौं भ्युज पाउँथ्यो। तर, केही महिनायता उनको कन्टेन्टमा ‘भ्युज’ कम, ‘गा’ली’ ज्यादा हुन थालेपछि उनको आम्दानी त घट्यो नै, त्यसपछि उनी सोसल मिडियाबाटै टाढिएका छन्।


Last Updated on: December 28th, 2021 at 1:43 pm
१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया