
कुलमानलाई देशनिकाला गरौं, कुलमान ले देशमा यती योगदान दिए उनि गलत हुन भने देश निकाला गरौं !एक समय देशमै बसेर यहाँको शिक्षाको बिकासमा योगदान गर्छु भनेर डा श्रीरामभक्त माथेमा कम्बोडियाबाट नेपाल आउनुभयो । केही बर्ष काठमाडौमा बसेर केही शैक्षिक संस्थामा काम पनि गर्नुभयो,अन्तत: केही बर्ष अघि उहाँको चित्तदुख्दो अनि निराशाजनक अभिव्यक्ति आयो -” म हारेँ,काम गर्ने कुनै सकारात्मक बाताबरण भएन ।
म त्यसैले गह्रौ मन लिएर कम्बोडिया फर्कँदैछु ।”अर्को एक प्रसङ्गमा ७४ सालतिर भर्खरै कार्यकारी प्रमुख भएको बेला कुलमान घिसिङसङ्ग उहाँकै कार्यकक्षमा अन्तरबार्ता गर्दा उहाँले आफ्नो प्राधिकरणको जागिरको अनुभव सुनाउँदा दुई बर्स बिना काम हाजिर गरेर तलब खान परेको पीडा सुनाउनुभएको थियो ।