शुक्रबार ०८ आश्विन २०७८

उदयपुर । टिकटकका लागि भिडियो बनाउदै गर्दा उदयपुरमा एक बृद्धले पोखरीमा डुबेर ज्या’न गु’मा’एका छन् । खोटाङ स्थायी घर भएका ६७ वर्षीय डिल्लीशेर राईले उदयपुरको त्रियुगा नगरपालिकास्थित देउरीमा टिकटक भिडियोका लागि पौडी खेल्दै गर्दा ज्यान गुमाएका हुन् । बुधबार दिउँसो ४ः०० बजे घरमा गर्मी भएको र पोखरीमा सीतलका लागि नुहाएर आउने भन्दै निस्कीएका थिए ।

घरबाट पोखरी जाँदा उनले एक ८ वर्षीय बालकलाई पनि सँगै लिएर गएका थिए । दुवैजना पोखरी पुगेपछि ती बृद्ध बाहीरि कपडा खोलेर पौडी खेल्न पसेका थिए । पौडी खेल्दा आफ्नो ‘भिडियो खिच्नू’ भन्दै उनले बालकलाई मोवाई भिडियो रेकर्ड अन गरी हातमा दिएर उनी पसेका थिए । हाँसहरु पनि पौडीरहेको सो पोखरीमा बृद्ध राई केही पटक ओहोरदोहोर गरेपछि भिडियो खिचीरहेका बालकले एक्कासी बृद्ध गायक (डुबेको) देखेपछि उनले घरमा आएर खबर गरेका थिए ।


Last Updated on: August 18th, 2021 at 1:57 pm
२२० पटक हेरिएको

तपाईको प्रतिक्रिया