सोमबार ०४ आश्विन २०७८

काठमाडौ । सर्लाहीको लालबन्दी नगरपालिकावाट तीन दिन अघि हराएकी १७ की प्रियंका भुजेल पनि मृ त फेला परेकी छन् । घटनामा संलग्नलाई कारवाही गर्न र घटनाको निष्पक्ष छानविनको माग गर्दै स्थानियले विरोध प्रदर्शन गरेका छन् । प्रहरीले २ जना युवकलाई पक्राउ गरेको छ । तर उनीहरुको परिचय खुलाएको छैन ।

युवकहरुले देखाएको लोकेशनमै प्रियंकाको शव फेला परेको थियो । प्रियंका हराएपछि ति दुई युवा पनि सम्पर्क विहिन भएका थिए । आफन्तको घरमा लुकेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । भुजेलको शव भेटिएलगतै स्थानीयहरुले पूर्व पश्चिम राजमार्ग बन्द गरेका छन् । गत साउन ३१ गतेदेखि हराइरहेकी भुजेलको शव भेटिएको थियो ।

मंगलबार राति घरदेखि करिब ३ किलोमिटरको दूरीमा रहेको कालिन्जोर खोलामा उनको शव फेला परेको थियो । सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले घटनाको अनुसन्धान भइरहेको र घटनामा संलग्न भएको आशंकामा करिब १९ वर्ष उमेरका दुई जनालाई पक्राउ गरेको बताए । पक्राउ परेका दुवै जनालाई पत्रकार सम्मेलन गरी सार्वजनक गर्ने तयारीमा प्रहरी जुटेको छ ।


Last Updated on: August 18th, 2021 at 3:11 pm
२८० पटक हेरिएको

तपाईको प्रतिक्रिया