मंगलबार ११ माघ २०७८

इटहरी / इटहरी उपमहानगरपालिका २ स्थित चन्द्र मेमोरियल इङ्लिस स्कुलमा १० बर्सिया क्षात्रालाई नि र्घात कु ट पि ट गरिएको छ । होमवर्क नगरेको निहुँमा पाँच कक्षामा अध्ययनरत सुरक्षा तामाङमाथि हो

कम्प्युटर शिक्षक सुजन दाहालले नि र्घात कु ट पि ट गरेका हुन् । सरले “पाँच बक्सिङ हिर्काउनुभयो दुख्यो भन्दा पनि छोड्नुभएन” पीडित बालिकाले भनिन् । बालिकाको पाखुरामा नीलडाम प्रस्ट सँग देख्न सकिन्छ । उनको पाखुरा सुन्निएको समेत छ ।

विद्यालयले कु ट पि ट गर्ने शिक्षक दाहालको बचाउ गरेको पीडित बालिकाकी आमा वीरमाया तामाङले बताइन् । उनले कु ट पि ट गर्ने शिक्षकलाई कारबाहीको समेत माग गरेकी छिन् ।

यस विषयमा विद्यालयका प्रधानाध्यापक देवकुमार दाहाललाई सम्पर्क गर्दा शिक्षकबाट कु ट पि ट हुनु गलत भएको र आफूहरू विद्यालयको तर्फबाट पीडित बालिकाको परिवार सङ्गको छलफलमा रहेको बताए ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।


Last Updated on: December 29th, 2021 at 3:50 pm
६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया