सोमबार ११ आश्विन २०७८

नवौं महाधिवेशनदेखि नेकपाकाल हुँदै आजसम्म माधव नेपाललाई साथ दिएका प्रभावशाली स्थायी कमिटी सदस्यहरूले पार्टी विभाजन गर्ने निर्णयमा साथ दिएका छैनन् ।

एमाले स्थायी कमिटी सदस्य भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त पार्टी विभाजनको विपक्षमा उभिएका छन् । उनीहरूले पार्टी विभाजनमा साथ नदिने भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

नेपाललाई स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने र बेदुराम भुसालले मात्रै साथ दिएका छन् ।


Last Updated on: August 18th, 2021 at 4:57 pm
१४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया