सोमबार ११ आश्विन २०७८

नेकपा एमाले विभाजन गर्न लागेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निकटस्थ हस्तीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले रोकेका छन् । ओलीले महत्वपूर्ण अवसर दिने प्रतिवद्धतासहित माधव नेपालको पक्षमा रहँदै आएका पार्टी पदाधिकारीहरुलाई रोक्न सफल भएका छन् ।ओलीले यसअघि नै उपाध्यक्ष भीम रावललाई रोकिसकेका थिए । रावलसँग पटक पटक छलफल गरेर रणनीति समेत बनाएको बुझिएको छ । जस अनुसार माधव नेपालको साथ छाड्ने नेताहरुलाई जिम्मेवारी दिएर शक्ति बाँडफाँड गरी पार्टी विभाजनको पक्षमा जानबाट रोक्ने थियो ।ओलीले रावललाई एमालेमा आफूपछि दोस्रो वरियतामा राख्ने सहमति गरेको विश्वस्त स्रोतले बताएको छ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने सहमति बनिसकेको छ । शाक्यले केही दिन अघि नै पार्टी विभाजनको पक्षमा नजाने बताइसकेकी छिन् ।


Last Updated on: August 18th, 2021 at 5:02 pm
२३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया