शनिबार १५ माघ २०७८

पूजा शर्मालाई युट्युबे हिरोनी भन्दै यसरी दनक दिए पत्रकार पत्रकार प्रकाश सुवेदीले, दुर्गेशलाई थांनामा नै सुताएपछि फेरी पूजालाई दिए यसरी दनक, पूजा रुँदै हिँड्नु पर्ने अवस्थामा पुगिन्, आखिर पूजा र प्रकाशको यो लडाई कहिलेसम्म रु के मुक्का हान्ने प्रकाशसँग भिड्न सक्छिन् त पूजाले रु यसअघि पूजालाई प्रकाशले नै दाह्रा निस्किएकी भनेपछि भएको थियो बबाल, हेर्नुहोस् भिडियो

काठमाडौँ- वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मुलुक मानिने दक्षिण कोरियाले अबदेखि साताको दुई सय नेपाली कामदार लाने भएको छ ।

को’भिड-१९ को महामारीका कारण कामदार लैजाने प्रक्रिया अवरुद्ध भएकाे थियाे । आगामी (सोमबार) १९ गतेबाट कमिटेड र नियमित कामदार लैजाने

लागेको वैदेशिक राेजगार विभाग अन्तर्गतकाे ईपीएस कोरिया शाखाका निर्देशक सुरेश राउतले जानकारी दिए । यसअघि कोरियाले ५० देखि एक सय नेपाली कामदार लैजाने गरेको थियो ।

नेपाली कामदारलाई माछा मार्ने काममा पनि लैजाने तयारी गरेको छ । यसअघि उद्योग र कृषिमा मात्र मात्र लैजाने गरेको थियो ।

माछा मार्ने काममा पनि नेपाली लैजाने गरी छलफल प्रक्रिया अगाडि बढेको उनले बताए । यसले नेपाली कामदारलाई काेरियामा राेजगारीका लागि नयाँ क्षेत्र खुलेकाे छ ।

सरकारले विभिन्न समयमा कोरियाबाट फर्केका नेपाली कामदारलाई पठाउन थालिसकेको छ । पहिलो चरणमा ‘क’मिटेड’ कामदारलाई कात्तिकको पहिलो सातादेखि नेपालबाट जान थालिसकेका छन् ।

कमिटेड कामदारसँगै सन् २०१८-२०१९ मा भाषा परीक्षा पास गरेका कामदारलाई लैजान सुरु गरिसकेको छ । अहिले भने नियमित कामदारलाई थालेपछि कोरिया रोजगारीको ढोका खुल्दै जाने सम्भावना बढ्दै गएको छ ।


Last Updated on: December 31st, 2021 at 2:38 pm
१०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया