सोमबार ०३ माघ २०७८

काठमाडौ । कहिले काँही प्रकृतिलाई नै अचम्म बनाउने घटना हुन्छन् । यस्तो घटनाले आश्चर्यमा पार्छन् । भारतको बिहारस्थित गोपालगञ्जमा शुक्रबार यस्तै अचम्मको घटना भएका् छ । एक महिलाले अचम्मको शिशुलाई जन्म दिएकी छन् । शिशुको तीन हात, तीन खुट्टा भएको भारतीय मिडियाले जनाएका छन् । यसबारे थाहा हुने बित्तिकै अस्पतालमा भीड उर्लिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

मोहम्मद रहिम अलीकी ३० वर्षीया श्रीमती रबिना खातुनलाई सुत्केरी व्यथाले च्यापेपछि उनलाई सामुदायिक स्वास्थ्य केन्द्रमा भर्ना गरियो । यहाँ उनको नर्मल डेलिभरीका बेला एउटा अचम्मको बच्चाको जन्म भयो । यो बच्चाका तीन खुट्टा र हात छन् ।

सीएचसीमा ड्युटीमा तैनाथ चिकित्सक डाक्टर आफताब आलमले सिन्ड्रोमका कारण यस्तो असाधारण शिशुको जन्म भएको हो, यस्तो एक लाख केसमा देखापर्छ । डाक्टरका अनुसार परिवारका सदस्यले अल्ट्रासाउन्ड पनि गराएका थिए तर रिपोर्टमा चिकित्सकले पनि यो देख्न सकेनन् ।

जन्मेको दुई घण्टापछि पनि बच्चालाई दुध खुवाउन नसकिएपछि शिशुको स्वास्थ्य बिग्रन थाल्यो । उनलाई सदर अस्पतालस्थित एसएनसीयूमा रेफर गरियो । डाक्टर आफताबका अनुसार बच्चाको स्थिति नाजुक छ तर उनी खतराबाट बाहिर छन् ।


Last Updated on: December 31st, 2021 at 5:28 pm
१०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया