बिहिबार ३१ भाद्र २०७८

भदौ ४ गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द
धरान : अन्ततः धरान उपमहानगरपालिकाले भदौ ४ गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ ।आज (मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले भदौ ४ गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो ।आज बसेको कार्यपालिका बैठकले भदौ ४ गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गर्दै डीसीसीएमसीलाई सिफारिस गरेको मेयर तिलक राईले जानकारी दिए ।लकडाउन अवधिमा औषधि पसल मात्र खोल्न पाइनेछ । बजार, पसल तथा यातायात सबै पूर्णरुपमा बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ । तरकारी पसल पनि बन्द गरिनेछ ।


Last Updated on: August 18th, 2021 at 6:12 pm
१२९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया