सोमबार ०३ माघ २०७८

मृत्युसँग लड्दै विमला, पाठेघरको क्यान्सर छ उपचार गर्ने पैसा छैन। सहयोगको अपील

अर्घाखाँची ।जीवन संघर्षमय छ। संघर्षमय जीबनमा पनि कहिलेकाही त सोच्दै नसोचेको परिस्थितिसग जुध्नुपर्ने वाध्यता समेत आइपर्छ। यस्तै असहज एवं कठिन परिस्थिति आइलागेको छ,अर्घाखाँची जिल्लाको पाणिनि ३, फर्सवाटाकुरा निवासी नारायण गौतमको परिवारमा।

पाणिनि ३ निवासी नारायण गौतमकी २८ वर्षीय श्रीमती विमला गौतम यतिखेर पाठेघरको क्यान्सर रोग लागेर मृ’त्युसग संघर्ष गरिरहनु भएको छ तर उहाँको परिवारको आर्थिक अवस्था कमजोर भएको र बिहान बेलुकाको हातमुख जोर्न समेत समस्या भएका कारण उपचारमा कठिनाइ देखिएको छ।

उहाँको जीवनरक्षाका लागि परिवार एवं पाणिनि ३ को वार्ड कार्यालयले समेत सम्पुर्ण संघ सस्था लगायत मानवतावादी जनहरुमा अनुरोध गरेको छ।तपाईं हाम्रो संयुक्त सत् प्रयासबाट मात्रै वहाँको जीवन रक्षा सम्भब हुने भएकोले आफुसक्दो सहयोग गरि मानवताको परिचय दिऔं। सहयोगी मनहरुका लागि- ग्लोबल आइ.एम.इ.बैंक खाता नम्बर M807010002147 नारायण गौतम (पोखराथोक ) शाखा

भोलिदेखि २५ गतेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय।कतै जाने तयारीमा हुनुहुन्छ भने जानकारी लिनुहोस

राप्ती राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको दाङ–सल्यान सडकखण्डको कपुरकोटदेखि चोर खोलामा सडक स्तरोन्नती गर्न तीन पटक गरेर दैनिक ८ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

आइतवारदेखि लागू हुने गरी २५ गतेसम्म सडक बन्द हुने छ । दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म, ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म सडक बन्द हुनेछ ।

यो अवधिमा अत्यावश्यक सवारी साधनले वैकल्पिक रुटको रुपमा कपुरकोट पैयाखोर डाइभर्सन प्रयोग गर्न सकिने छ । यसअघि पनि राप्ती राजमार्ग अन्तर्गत दाङ खण्डमा स्तरोन्नती गर्ने भन्दै दुई हप्ता सडक बन्द गरिएको थियो ।


Last Updated on: January 3rd, 2022 at 1:41 pm
६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया