मंगलबार ११ माघ २०७८

शीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संस्था बन्द गर्ने भएको छ । गाउँपालिकाले आइतबार सूचना जारी गरी यही पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको छ ।

यसैबीच वीरगञ्ज महानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडालगायतका सामग्री उपलब्ध गराएको छ । महानगरपालिकाले जनकल्याणकारी योजनाअन्तर्गत ३२ वटै वडामा रहेका ज्येष्ठ नागरिकलाई कम्बल, झुल, छाता र टर्चलगायतका सामान वितरण गरेको हो ।

ती सामग्रीले केही भए पनि ज्येष्ठ नागरिकलाई राहत मिल्ने नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिनुभयो । प्रति ज्येष्ठ नागरिकलाई करिब रु छ हजार बराबरको सामग्री वितरण गरिएको महानगरपालिकाले जनाएको छ ।

भोलिदेखि २५ गतेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय।कतै जाने तयारीमा हुनुहुन्छ भने जानकारी लिनुहोस

राप्ती राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको दाङ–सल्यान सडकखण्डको कपुरकोटदेखि चोर खोलामा सडक स्तरोन्नती गर्न तीन पटक गरेर दैनिक ८ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

आइतवारदेखि लागू हुने गरी २५ गतेसम्म सडक बन्द हुने छ । दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म, ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म सडक बन्द हुनेछ ।

यो अवधिमा अत्यावश्यक सवारी साधनले वैकल्पिक रुटको रुपमा कपुरकोट पैयाखोर डाइभर्सन प्रयोग गर्न सकिने छ । यसअघि पनि राप्ती राजमार्ग अन्तर्गत दाङ खण्डमा स्तरोन्नती गर्ने भन्दै दुई हप्ता सडक बन्द गरिएको थियो ।

यस्तै अँग्रेजी नयाँवर्ष सन् २०२२ का उपलक्ष्यमा यही पुस १५ देखि १७ गतेसम्म २३औँ पोखरा सडक महोत्सव आयोजना हुने भएको छ ।

रेस्टुरेन्ट एण्ड बार एशोसिएशन पोखरा (रेवान)द्वारा पोखरालाई ‘अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थल’ का रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो ।

 


Last Updated on: January 3rd, 2022 at 5:50 pm
६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया