मंगलबार ११ माघ २०७८

काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाएकी एक महिलामाथि गो ली प्र हा र भएको छ । गो ली ला गेर घाइते ती महिला अस्पतालमा भर्ना भएकी छन् ।

उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी रीता यादव माथि गो ली प्र हा र भएको हो ।खुट्टामा गो ली ला गेर घाइते उनलाई सुल्तानपुर जिल्ला अस्पतालमा भर्ना गरिएको छ । उनीमाथि गोली चलाउने व्यक्तिको भने पहिचान भएको छैन ।

गत नोभेम्बर १६ मा प्रधानमन्त्री मोदीले पूर्वाञ्चल एक्सप्रेस–वे उदघाटन समारोहलाई सुल्तानपुरमा सम्बोधन गरिरहेको बेला रिता यादवले कालो झण्डा देखाएकी थिइन् ।प्रहरीले उनलाई नियन्त्रणमा लिएर दुई दिनपछि छाडेको थियो । सो घटना भएको एक महिनापछि उनी कांग्रेसमा प्रवेश गरेकी थिइन् ।उनी त्यसअघि सुल्तानपुरमा प्रखर सामाजिक कार्यकर्ताको रुपमा परिचित थिइन् ।

रीता यादवले मिडियालाई दिएको जानकारी अनुसार उनी पोष्टर र ब्यानर बनाउन सुल्तानपुर गएर घर फर्किने क्रममा लम्भुजा नजिक राजमार्गमा गो ली हा निएको हो ।

‘म बोलेरो चढेर फर्किंदै थिएँ । तीन जना व्यक्ति ओभरटेक गरेर म चढेको गाडी रोके र गा ली गर्दै ह त्या गर्ने ध म्की दिए,’ उनले बीबीसी हिन्दीसँग भनेकी छन्, ‘उनीहरुले मेरो गाडी चालकको कन्चटमा पे स्तो ल राखेका थिए ।मैले एक जनालाई गा लामा हि र्काएँ, त्यसपछि उनीहरुले ममाथि गो ली च लाएर भागे ।’ गो ली हा न्ने हरूलाई नचिनेको उनले बताएकी छन् ।

 


Last Updated on: January 4th, 2022 at 11:40 am
३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया