मंगलबार ११ माघ २०७८

२० पुष, काठमाडौं । दक्षिण अमेरिकी मुलुक कोलम्बियामा दुई वटा विद्रोही समूहबीच भएको हिंसात्मक झडपमा परी कम्तिमा १६ जनाको ज्यान गएको छ ।

भेनेजुएलासँगको सिमाना नजिकै झडप हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका हुन् । कोलम्बियाको राष्ट्रपति कार्यालयले आइतबार भएको हिंसात्मक झडपमा मारिनेको आधिकारिक विवरण सार्वजनिक गरेको छैन । तर अराउकामा मानव अधिकारसम्बन्धी मामिला हेर्ने सरकारी अधिकारी युआन कार्लोस भिलाटेले एक स्थानीय रेडियो स्टेशनसँग कुरा गर्दै मृतकको संख्या ५० पुग्न सक्ने बताएका छन् ।फार्क र इएलएन दुवै कम्युनिस्ट विद्रोही समूह हुन् । सन् २०१६ मा सरकारसँग शान्ति सम्झौता भएपछि फार्कले हतियार बिसाइसकेको छ भने इएलएनले सशस्त्र संघर्ष जारी राखेको छ ।तर सरकारसँग भएको शान्ति सम्झौता अस्वीकार गर्दै आएका फार्कका केही सदस्यले २०१८ मा पुन: हतियार उठाउने घोषणा गरेका थिए । सोही असन्तुष्ट समूहसँग आइतबार इएलएनको भिडन्त भएको हो ।

भोलिदेखि २५ गतेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय।कतै जाने तयारीमा हुनुहुन्छ भने जानकारी लिनुहोस

राप्ती राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको दाङ–सल्यान सडकखण्डको कपुरकोटदेखि चोर खोलामा सडक स्तरोन्नती गर्न तीन पटक गरेर दैनिक ८ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

आइतवारदेखि लागू हुने गरी २५ गतेसम्म सडक बन्द हुने छ । दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म, ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म सडक बन्द हुनेछ ।

यो अवधिमा अत्यावश्यक सवारी साधनले वैकल्पिक रुटको रुपमा कपुरकोट पैयाखोर डाइभर्सन प्रयोग गर्न सकिने छ । यसअघि पनि राप्ती राजमार्ग अन्तर्गत दाङ खण्डमा स्तरोन्नती गर्ने भन्दै दुई हप्ता सडक बन्द गरिएको थियो ।

यस्तै अँग्रेजी नयाँवर्ष सन् २०२२ का उपलक्ष्यमा यही पुस १५ देखि १७ गतेसम्म २३औँ पोखरा सडक महोत्सव आयोजना हुने भएको छ ।

रेस्टुरेन्ट एण्ड बार एशोसिएशन पोखरा (रेवान)द्वारा पोखरालाई ‘अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थल’ का रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो ।


Last Updated on: January 4th, 2022 at 2:54 pm
५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया