सोमबार ०४ आश्विन २०७८

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गरि अरुलाई देखाउन सकिनेछ । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ । प्रभावशालि ब्याक्तिहरु सँग भेट हुनेछ भने नयाँ योजनाको रुपरेखा कोरेर फाईदा हुँने काम अगाडि बढाउन सकिनेछ । मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भौतिक सम्पति तथा सवारि साधनको प्र्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । व्यापारमा समय दिए अनुशार प्रतिफल प्राप्त नहुँदा आम्दानिको तुलनामा खर्च बढ्नेछ । अध्ययनमा मन नजादा अरु भन्दा पछि परिनेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा केहि समय खर्चिय राम्रा तथा उपलब्धिमुलक कामहरु बन्नेछन् । माया प्रेममा अबिश्वास बढ्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाई लेखाईमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो कसिनेछ भने घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको योग रहेकोछ भने बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पुराना बिवादित बिषयहरुको फैसला तपाईकै पक्षमा हुने हुदा मन प्रशन्न हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने तपाईप्रति सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । शिक्षा तथा नोकरिमा हुने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई धेरै पछाडि छोड्न सकिनेछ । नया प्रकृतिको व्यावसाय सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बौद्धिक कार्यमा सहभागी हुने अवसर जुर्नेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्ति रहनेछ । शेयर बजार,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो फाईदा हुनेछ । स्कुल,कलेज तथा शैक्षिक क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन आर्जन गर्नुहुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै नया प्रेम प्रश्ताब आउनेछ । मन परको मानिसबाट भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँनाले नयाँ कुराहरु पत्ता लगाउँन सकिनेछ । माया प्रेममा आफ्नो मायालुसँग दिनभरु सँगै रहेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । भौतिक सम्पति आकस्मिक लाभ हुनेछ भने बाधा अवरोधहरु स्वत हटेर जानेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) छोटो दुरिको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राका क्रममा साथिभाई सँग रमाईलो गर्दै दिनलाई रंगिन बनाउँन सकिनेछ । आफन्त तथा निकट सम्बन्ध भएका मानिससँग छुट्टिनुपर्दा मन खिन्न रहनेछ । आफु भन्दा ठुला मानिसको सुझाब तथा सल्लाह लिएर अगाडि बढ्न सके गन्तब्यमा पुग्न सहज हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बोलेर गर्ने कुनै पनि पेशा तथा व्यावसायमा लगानि गर्दा मनग्गे आम्दानि हुनेछ । गित संगित तथा मिडिया जस्ता क्षेत्रबाट मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजाको आउने हुनाले मन प्रशन्न रहनेछ । साथिभाई तथा आफन्तका साथ रमाईलो जमघट हुने तथा स्वादिष्ट भोजनका साथ दिन बिताउन सकिनेछ । अग्रजहरुबाट सुनिने शुभ समाचारले मन उत्साहित बनाउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय राम्रो रहेकोले सानो प्रयासले महत्वपूर्ण उपलब्धी हासिल हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लगानीमा अवसर आउँनेछन् । खनिज पदार्थ तथा बिलाशी बस्तु व्यापारको लागि आजको समय उत्तम रहेकोछ । माया प्रेममा देखिएका तित्तताहरुलार्ई चिर्दै बिश्वासबो बाताबरण सिर्जना गर्न सकिनेछ । अध्ययनमा उल्लेख्य सुधार हुने तथा नतिजामो नजिक पुग्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिद्या तथा प्रतिश्पर्धामा सहभागि भए पनि नतिजा आफुतिर ल्याउन राम्रै मेहनेत गर्नुपर्नेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने दैनिक काम गर्न असहज महशुस हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) रोकिएर बसेका तथा पुराना काम बन्नाले थप उत्साहित होईनेछ । पढाई लेखाईमा चाहेको सफलता हात लाग्ने हुँनाले सफलताका सिडिहरुरु चुम्न सकिनेछ । चाहेका बस्तु तथा ईच्छित कामनाहरु पुरा हुने समय रहेकोछ । माया प्रेममा रमाउँन सकिनेछ भने दाम्पत्य जीवनमा एक अर्काको सहयोग लिदै अगाडि बढ्न सकिनेछ । पैत्रिक सम्पती तथा प्राकृतिक स्रोतको प्रयोग तथा परिचालन मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बुवा आमा तथा अग्रजहरुबाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । थोरै समयको प्रयत्ने सहजै गन्तब्य तथा लक्ष्य पहिल्याउन सकिनेछ । अवसरहरुको सदुपयोग गर्न सकिने तथा भविश्यको लागि फाईदा हुने काम गर्ने बाताबरण बनाउन सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे आम्दानि हुनेछ ।


Last Updated on: August 19th, 2021 at 9:57 am
२४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया