बिहिबार ०७ आश्विन २०७८

काठमाडौ । रसुवामा पहिरोका कारण एकै परिवारका ३ जनाको निधन भएको छ । घटनामा एक जना ह, x राएका छन् । माथिबाट आएको पहिरोले घर पु,रीदा ३ जनाको मृ,त्यु भएको हो । नौकुण्ड गाउँपालिका-५ कोलडाँडाका श्यामबहादुर घलानको घर पुरिँदा उनकी श्रीमती र दुई बच्चाको निधन भएको छ । उनीहरुको अर्का एक सन्तान ह, राएका छन् । हराएका बच्चाको पनि खोजी भएको प्रहरीले जनाएको छ ।पहिरोमा पु, रीएका ३ जनाको शव फेला परेको हो । पहिरोमा ३२ वर्षीय कमला घलान, ११ वर्षीया सोकिता घलान, ८ वर्षीया सुकुमाया घलान र ७ वर्षीय आषिश घलान पुरिएका थिए । श्यामबहादुर घाइते छन् । उनलाई उद्धार गरी उपचार गर्न सुरुमा नुवाकोटको त्रिशूली अस्पताल पठाइएको र पछि त्यहाँबाट काठमाडौंको ट्रमा सेन्टरमा रिफर गरिएको प्रहरीले जनाएको छ ।घटना आज बिहान करिब साढे ३ बजेतिरको हो ।घटनास्थल सदरमुकाम धुञ्चेबाट करिब ५० किलोमिटर दक्षिणतर्फ ठूलोभोर्ले र धुसेनी गाउँको बिचमा पर्दछ । बे,पत्ता रहेकाको खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल घटनास्थलमा पठाइसकिएको तथा घटनाको विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताए ।।


Last Updated on: August 19th, 2021 at 10:33 am
८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया