शनिबार १५ माघ २०७८

एजेन्सी । अपहरणमा परेको ३० वर्षपछि एक चिनियाँ पुरुषले सम्झनाको आधारमा बनाएको बाल्यकालको गाउँको चित्रका कारण आमासँग भेट्न पाएका छन् । ली जिङ्वी आफ्नो घरबाट चोरिएर बेचिँदा चार वर्षका मात्र थिए ।

डिसेम्बर २४ तारिखमा उनले आफूले कोरेको नक्सा भिडिओ एप डोउयीनमा राखे जसलाई प्रहरीले उनको गाउँ र आमा भेट्टाउन सघाएको बीबीसीले जनाएको छ । ‘यो मेरो घर भएको ठाउँको नक्सा हो जुन मैले आफ्नो स्मृतिबाट बनाएको हुँ’, उनले गाउँको खेस्रा कोरेको कागज देखाउँदै भनेका छन् ।

उनले लेखेका छन्, ‘३० वर्षको प्रतीक्षा, व्यग्रताका अनगिन्ती रात र अन्ततः सम्झनाको आधारमा हातले कोरेको नक्सा ।’ आमासँग पुनर्मिलन अघि लीले आमा भेट्न सघाउने सबैलाई धन्यबाद दिएका छन् । ली युनान प्रान्तको एउटा दक्षिण–पश्चिमी सहरबाट सन् १९८९ मा १ हजार ८ सय किलोमिटर टाढा बेचिएका थिए ।

चार वर्षदेखि आमाको काखबाट अलग्गिएका लीले जब आफ्नो आमालाई ३० वर्षपछि भेटे तब उनले आमालाई अंगालोमा बाँधेर यसरी रोए कि उनी रोएको देखेर देख्नेहरुपनि भक्कानो छोडेर रोएका थिए ।

उता छोरा घरबाटै हराएको दिनदेखि छोराको सम्झनामा वर्षौं बिताएकी उनकी आमाले पनि आफ्नो छोरालाई आफ्नै अगाडी पाउँदा अंगालोमा बेरेर निकै बेर रोईरहीन् । उनकी आमासंगै उनलाई सकुशल घर फर्किएको देखेर उनका गाउँलेहरुपनि निकै नै भावुक भएका थिए ।

योपनि पढौं
तनहुँमा नवजात शि’शुसहित दुई मृत फेला

तनहुँ । तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलबार नवजात शिशुसहित दुई जना मृत फेला परेका छन् । व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए । स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको उनले बताए ।

शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । यसैगरी आँबुखैरेनी गाउँपालिका–३ शिवालय मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ । मन्दिर नजिकैको धर्मशालाको पेटीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न सकेको छैन ।


Last Updated on: January 5th, 2022 at 11:27 am
११४ पटक हेरिएको

तपाईको प्रतिक्रिया