सोमबार ०३ माघ २०७८

दाङ जिल्लाको हापुरे घर भएकी अमृता घर्ती आफ्नो श्रीमान बिगत ४ वर्ष देखि सम्पर्क बिहिन भएको भन्दै मिडियामा आएकी छिन । श्रीमान धनबहादुर घर्ती वैदेशिक रोजगारको लागि साउदी गएको ६ वर्ष भएको अमृताले बताएकी छिन । वैदेशिक रोजगारीमा गएर २ वर्षमा घर आएर फेरि बिदेश गएका धनबहादुर अहिले सम्म सम्पर्कमा नआएको अमृताले मिडियामा बताएकी छिन । ४ वर्ष देखी सम्पर्क बिहिन भएका श्रीमानलाइ खोज्दै आफू अहिले मिडियामा आएको अमृताले बताएकी छिन ।

श्रीमान छुट्टिमा घर आएर फेरि साउदि जादा कान्छी छोरी पेटमा १ महिनाको रहेको श्रीमती अमृताको भनाइ छ । छोरी ४ पुरा भएर ५ वर्ष लाग्दा समेत श्रीमान घर नआएको अमृताले बताएकी छिन । श्रीमानले बिगत ४ वर्ष देखि अहिलेसम्म आफुलाई पैसा समेत नपठाएको अमृताले बताएकी छिन । अहिले आफुलाई छोराछोरी पढाउन समेत निकै समस्या भएको अमृताले बताएकी छिन् । छोरा छोरिलाई पढाउन खानाको लागी माइतिका दाजुभाइ र बहिनी ज्वाँइले खर्च दिदै आएको अमृताले बताएकी छिन् ।

छोराले चाहिँ अलि अलि बुवाको सम्झिने गरेको तर छोरिले भने बुवाको मुख समेत नदेखेको अमृताको भनाइ छ । यतिको समय आफुले फोन गर्दा पनि नलाग्ने र उताबाट पनि नगर्ने गरेको अमृताले बताएकी छिन् । वैशाखमा एकासी फोन गरेर त मेरो घर छोडेर जा भनी श्रीमानले भनेको उनको भनाई छ । श्रीमानले आफ्नो छोराछोरी बुवाआमासँग लगेर छोडि दिनु भन्दै आफुलाई भने घर छोडेर जान भनेको अमृताको भनाई छ । श्रीमान धनबहादुरले आफू यहाँ भए सम्म आफू घर नफर्किने र रातिनै आएर मा’र्ने समेत ध’म्की दिएको अमृताले बताएकी छिन ।

त भन्दा राम्री, पढेकी, सरकारी जागिरे श्रीमती बिहे गरेको छु भन्दै श्रीमानले आफुलाई भन्ने गरेको अमृताले बताएकी छिन । तेरो गलती बिना नै मैले तँलाई छोडेको भन्दै श्रीमानले धम्की दिने गरेको अमृताको भनाई छ । तँ नपढेको अशिक्षित आफुलाई मन नपरेकोले छोडेको भनी धनबहादुरले भनेको अमृताको भनाइ छ । विदेश जानू भन्दा अगाडि सम्म सम्बन्ध राम्रो नै रहेको अमृता बताएकी छिन । हाँसी खुशीका साथ विदेश गएको अमृताको भनाइ छ । छुट्टिमा घर आएर फर्किदा छोराको खुट्टा भाँचिएर सँगै तुलसीपुर सम्म गएर छुट्टीएको अमृताले बताएकी छिन ।

छोरी पेटमा हुँदा सम्म राम्रो नै सम्बन्ध रहेको र छोरी जन्मे पछि आफु पनी बिरामी भएको र सम्बन्ध बिग्रेको अमृताको भनाइ छ । धनबहादुरले आफु बिरामी हुँदा ठिक भएको छैन भन्दा त स्व’र्ग गएको भए राम्रो हुन्थियो भनेको उनले बताएकी छिन । श्रीमानका घर तिरको मान्छेले नि आफुलाई ध’म्की दिने गरेको अमृताको भनाइ छ । अगिले श्रीमान नेपाल आउदै जादै गरेको २ पटक भएको अमृताले बताएकी छिन । तर घर नआएको र आफुसगँ सम्पर्क नगरेको अमृताले बताएकी छिन ।(भिडियो हेर्नुस )


Last Updated on: January 5th, 2022 at 12:33 pm
८० पटक हेरिएको

तपाईको प्रतिक्रिया